महोत्तरी - भारतको अयोध्याबाट मंसिर १७ गते सोमबार विवाह पञ्चमीका लागि नेपालको पहिलो प्रवेश द्वार मटिहानीमा आएका जन्तीहरुलाई आज बिहान सम्मान एवं बिदाई गरिएको छ ।

मटिहानी स्थित प्रसिद्ध लक्ष्मी नारायण मठ (मन्दिर)मा आयोजित विवाह पञ्चमीका लागि भारतको अयोध्याबाट आएका जन्तीहरुलाई सम्मान एवं बिदाई कार्यक्रममा मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मंडल र लक्ष्मी नारायण मठका महन्थ जगरनाथ दास बैष्णवले जन्तीहरुलाई सम्मान गरेका थिए ।

जन्तीहरुलाई सम्मान एवं बिदाई कार्यक्रममा महोत्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी,नेपाल प्रहरीका एसपी नकुल पोखरेल,शसस्त्र प्रहरीका एसपी बिनोद के.सी.र राष्ट्रिय अनुसंधान जिल्ला कार्यालय महोत्तरीका प्रमुख सुदिप अधिकारी, अयोध्याबाट दशरथको भूमिकमा आउनु भएका अयोध्या महन्थ राजेन्द्र सिंह (पंकज जी) संतोष दास बैष्णव,विश्व हिन्दू परिषद नेपालका सचिव जितेन्द्र सिंह,लक्ष्मी नारायण मठका रबिन्द्र दास लगायतका साधु सन्तहरुका साथै ग्रामबासीहरुको उपस्थिति रहेको थियो।

सोमबार बेलुका आएका जन्तीहरुलाई मटिहानीबाट बाजागाजाका साथ हजारौ श्रद्धालुले करीब ४ किलोमीटर पदयात्रा गरी जनकपुरको लागि बिदाई गरेका छन ।









