काठमाडौं – जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग एनपीएलको प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहीबार काठमान्डु गुर्खाजलाई हराउँदै जनकपुरले प्लेअफमा स्थान पक्का गरेको हो ।



यो जितसँगै जनकपुरको ६ खेलबाट १० अंक भएको छ । उसले अझै एक खेल खेल्न बाँकी छ ।
काठमान्डुले दिएको १०२ रनको लक्ष्य जनकपुरले १६ औं ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो ।
जनकपुरका लागि जेम्स निशामले २७ र हर्ष ठाकेरले अविजित २५ रनको योगदान गरे । त्यसअघि लाहिरु मिलान्था १६ र कप्तान अनिल साह ११ रनमा आउट भएका थिए ।
काठमान्डुका लागि करण केसीले २ तथा साहब आलम र दीपेश कंडेलले १–१ विकेट लिए ।
टस जितेर ब्याटिङ रोजेको काठमान्डु १९.१ ओभरमा १०१ रन बनाएर अलआउट भएको थियो ।
हारपछि पनि काठमान्डुको प्लेअफ सम्भावना बाँकी छ ।




