गणेश सुवेदी
बर्दिबास । महोत्तरीको बर्दिबासमा मोटरसाइकल दुर्घटना हुँदा एकजना घाइते भएको छ।
जलेश्वरबाट बर्दिबास तर्फ आउँदै गरेको प्र.न.२ ०३००१ ख ३०७९ नम्बरको ट्र्क सङ बिपरित दिशा बाट गइरहेको ज ५प ४८७ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो। दुर्घटनामा परी बर्दिबास नगरपालिका वडा न.२ निवासी वर्ष २७ का दिलिप कुमार ठकुरी घाइते भएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ।
ठक्करबाट गम्भीर घाइते ठकुरीलाई थप उपचारको लागि काठमाडौ मेडिसिटि अस्पताल रिफर गरिएको प्रहरी सहायक हव्ल्दार राम कुमार कुमरले जानकारी दिएका छ्न् ।



बर्दिबासमा बढदो सहरीकरण र अव्यवस्थित पार्किङ लागुऔषध दुर्व्यसनि समेत ले गर्दा पछिल्लो समयमा दुर्घटना हुनेगरेको छ।




