सागर बस्नेत,बर्दिबास – डिजिटल पत्रकारितासम्बन्धी ५ दिने तालिम बर्दिबास-३, गौरिडाँडामा सम्पन्न भएको छ।
नेपाल प्रेस इन्स्टिच्युटको सहजीकरणमा बर्दिबास नगरपत्रकार सञ्जालको आयोजनामा तथा बर्दिबास नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन गरिएको उक्त तालिम फागुन १४ गतेदेखि १८ गतेसम्म सञ्चालन भएको थियो।
तालिममा प्रशिक्षक अजय साह. नवराज बिष्ट र लिलाराज भट्टराईले डिजिटल पत्रकारिताका नयाँ प्रविधि, समाचार संकलनका प्रभावकारी विधिहरू, सञ्चार माध्यमको सदुपयोग तथा पत्रकारिताका नैतिक मान्यताका विषयमा प्रशिक्षण दिएका थिए।




तालिममा स्थानीय पत्रकार तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले तालिमले डिजिटल पत्रकारिताको क्षेत्रमा नयाँ ज्ञान हासिल गर्न मद्दत पुर्याएको प्रतिक्रिया दिएका छन्। आयोजक संस्थाले यस्ता कार्यक्रम आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्ने जनाएको छ।
समापन तथा प्रमाणपत्र वितरण समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि वर्दिवास नगरपालिकाका मेयर प्रहलाद कुमार क्षेत्रीले नगरपालिकाले स्थानीय पत्रकारहरुको दक्षता र क्षमता अभिवृद्धिका लागि नगरपालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।उनले यस्ता तालिमबाट पत्रकारको आफ्नो पेशामा थप टेवा पुग्ने र व्यवसायीक पत्रकारिता गर्ने मद्दत पुग्ने विश्वास व्यक्त गरे।




