केही युटुबेहरुको निर्णय सुन्दा लाग्छ यो देशमा कुनै न्यालय नै छैन मानौ स्वस्फूर्त निर्णय गर्ने अधिकार न्यालय भन्दा बढी यिनिहरुलाई प्रदान गरिएको छ ।
डलरको लोभमा हाम फालेका युटुबेहरुको हर्कतले पबित्र भावना भएकाहरुलाई समेत अपबित्र बनाइरहेको छ ।
एउटा सामान्य जिमेल आइडी खोलेर युटुब बनाउदैमा कोहि पनि पत्रकार बन्नै सक्दैन अनि त्यो पत्रकार होइन पनि ।
पत्रकार हुनका लागि पत्रकारिताका सिद्धान्त र आचारसंहिता बुझेको र सोही अनुसार अध्ययन गरेको हुनु पर्ने हो तर एउटा युटुब खोलेर आफुलाई पत्रकार दाबी गर्ने र सामाजका मूल्य-मान्यता भित्र घुसेर समाजलाई नै प्रहार गर्ने युटुबेहरुको असामाजिक हर्कतका शृङ्खलाहरुले बिखण्डनको बिजारोपण भैइरहेको छ ।
श्रीमान-श्रीमतीको झगडामा सहभागी बन्ने, दुर्घटनामा बिरालो मारेको, भाले मारेको लजास्पद बिषयहरुमा घुस्ने, मुकेन्दे नामक मानसिक सुन्तुलन गुमाएका मनुवाहरुलाई कभरेज गर्ने, आफुलाई नेता भएको दाबी गर्ने पुन्य गौतम जस्ता बकम्फुसेहरुलाई प्राथमिकता दिने बाहेक यिनिहरुको अर्को काम नै देखिएको छैन ।
सामान्य गरिबीलाई संबेदनशिल बनाएर देश बिदेशबाट पैसा लुटिरहेका युटुबेहरु के नेपालको बैधानिक कानुनलाई पालना गरिरहेका छन ?, के यिनिहरुको छानबिन हुनु पर्दैन ? समबन्धीत निकायहरुले अबिलम्ब ध्यान दिन जरुरी छ ।
सहयोगका नाममा बिदेशबाट करोडौ रुपैया नेपालीहरुले पठाइ रहेका छन्। अनि स्वदेशबाट समेत त्यतिकै सहयोग भैइरहेको छ । के बिदेशबाट आयात भएको पैसा सबै सहयोग भैइरहेको छ, कुनै सामाजिक संस्थालाई बिदेशबाट पैसा पठाई हालेमा छडके जाँच गर्ने तर युटुबेहरुको अबैधानिक तवरबाट पैसा असुलिरहेको दृश्यमा मुक दर्शक बन्ने समबन्धित निकायलाई नै शङ्का-उपशंका गर्न अबस्था सिर्जना भएको छ ।
सामान्य दु:खलाई पहाड बनाएर अरुको दु:खमा रजाइ गरि रहेका कथीत युटुबेहरुले दु:खलाई नै कमाउने हतियार बनाई रहेका छन् ।
बिकाउ हेडलाइन बनाएर अभाब र दु:खको भिख मागि रहेका केही युटुबेहरुहरुको बितण्डाले नेपालमा खुलेका नया, पुराना युटुबहरु माथि ध्यान दिने बेला आएको छ ।
पत्रकारिताका नाममा युटुबबाट पत्रकारिता जगतको नै बदनाम गर्ने अराजक युटुबेहरु माथि सम्बन्धीत निकायले बेवास्ता गरिदिदा दिन दिनै मनोबल उच्च बन्दै गएको छ ।
महिनामा दर्शकहरुले हेरेको आधारमा कमाउने डलर र सयोगको नाममा आउने पैसाको लेखाजोखा गर्ने हो भने कतिपय युटुबेहरुले लाखौ कर छली गरिरहेका छन् ।
अरुको सामान्य गल्तीलाई पहाड बनाउने र आफ्ना गल्तीहरुलाई लुकाएर पानी माथिको ओभानो बन्ने छुट दिएर सरकारले नै साडे छोडेको हो भने त हाम्रो भन्नू केही छैन तर युटुब च्यानलहरुलाइ बैधानिक बनाएर मिडियाको जस्तै सेन्सर लगाउनु पर्ने अबस्था सिर्जना भएको छ ।
प्रेस स्वतन्त्रताको नाममा अनाधिकृत ब्यक्तीहरुको भिडलाइ लगाम लगाउन नसक्दा प्रेस स्वतन्त्रताको परिभाषा नै अप्रभंस भएको छ ।
एउटा क्यामरा, एउटा जिमेल आइडी बनाएर युटुब खोल्ना साथ कोही पनि प्रेस स्वतन्त्रताको अधिकार पाउन सक्दैन । प्रेस स्वतन्त्रताको खिल्ली उडाउदै संस्था र ब्यक्ती माथि निगरानी गर्ने अधिकार युटुबेहरुलाई कस्ले दियो सबैभन्दा गहन प्रश्न खडा भएको छ ।




