महोत्तरी – नेपाल भारत मैत्री सम्बन्धबारे निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ । नेपाल भारत मैत्री सम्बन्धबारे जागरूक गर्न र युवाको धारणा बुझ्न यस निबन्ध लेखन प्रतियोगिताको आयोजना गरिएको बताईएको छ। महोत्तरीको जलेश्वर स्तिथ लक्ष्मी चण्डी मुरारका माध्यमिक विद्यालयमा महोत्तरीका सामुदायिक विद्यालयमा अध्ययनरत छात्रछात्राहरुले निबन्ध प्रतयोगितमा भाग लिएका थिए।

नेपाल भारत मैत्री संघ नेपालले आयोजना गरेको नेपाल भारत मैत्री सम्बन्ध “हिजो,आज र भोली” विषयक निबन्ध प्रतियोगितामा समुदायिक विद्यालयका २१ छात्र र २१ छात्रा गरि कुल ४२ जना विद्यार्थीहरु सहभागी भएका थिए । सहभागी विद्यार्थीहरुले नेपाल भारतको मित्रताका बारेमा अध्ययन गरेका बुझेका विषयवस्तु सँगै भविष्यमा नेपाल भारत मित्रतालाई प्रगाढ़ बनाउन गर्न सकिने उपायहरुबारे समेत चर्चा गरेका थिए। जलेश्वर स्तिथ ल.च.मु.मा.विद्यालय कक्षा दशमा अध्ययनरत छात्र प्रज्ञान चन्द्र ठाकुरले निबन्ध प्रतियोगितामा सहभागी हुन पाउदा खुशीको अनुभूति भएको बताए। उनले यस प्रतियोगितामा सहभागी भएर नयाँकुरा सिक्न पाएको बताउदै आगामी दिनहरुमा पनि यस्ता प्रतियोगिताहरुमा सहभागी हुने ईक्षा व्यक्त गरे ।




त्यस्तै छात्रा नन्दनी पाण्डेयले यो एकदमै नया विषय रहेकोले रोचकताका साथ प्रतियोगितामा सहभागी भएको बताइन । “हामी दिनहु नेपाल भारत आवतजावजत गर्ने गर्छौ तर दुईदेशको सम्बन्ध र एकअर्का प्रतिको आवश्यकताका विषयमा चर्चा चाही गर्दैनौ नयाँ विषयभएकोले लेखन प्रतियोगितामा सहभागी भएर मनोबलमा वृद्धि भए संगै दुई देश बिचको “हिजो,आज र भोलीको सम्बन्धमा आफ्नो धारणा राख्न पाउदा राम्रो लागेको बताइन । नेपाल भारत मैत्री संघ नेपालका केन्द्रिय महासचिव उमेश प्रसाद सिंहले निबन्ध लेखन प्रतियोगिताले नेपाल भारतको मैत्री सम्बन्धबारे विद्यार्थीहरुलाई बुझ्न सहयोग गर्ने बताए ।

उनले यस प्रतियोगिताले युवा पुस्तामा नेपाल भारत सम्बन्ध बारे स्पष्ट जानकारी गराउने सँगै कक्षा दशमा अध्ययनरत विद्यार्थीहरुका लागि बौद्धिक क्षमता अभिवृद्धि गर्नमा समेत मद्दत पुर्याउने उनले बताए । मधेश प्रदेश सँगै नेपाल भरीका विद्यार्थीहरुमा दुईदेश बिचको मित्रतापूर्ण सम्बन्ध बारे जागरूकता र जनजागरण गर्ने आगामी योजनाहरु समेत रहेको जानकारी दिए । कार्यक्रममा नेपाल भारत मैत्री संघ मधेश प्रदेशका अध्यक्ष लवराजा सिंहले नेपाल भारतको सम्बन्ध धार्मिक,सांस्कृतिक,व्यापारिक र पारिवारिक रहेको उदृत गर्दै युवा विद्यार्थीहरुमा समेत मैत्रीपूर्ण सम्बन्ध बारे जानकारी हुनु आवश्यक रहेको बताए । उनले मधेश प्रदेशका जिल्लाहरु भारतिय सिमाना सँग जोडिएको छ ।

” सिमावर्ती क्षेत्र संवेदनशील पनि हो विभिन्न घटनाले दुईदेशका आमनागरिकमा नकारात्मक भाव सृजना गर्नसक्ने हुन्छन जसले गर्दा मित्रतापूर्ण सम्बन्धमा ठेस पुग्ने समम्को अवस्था नआउन दिन संघले निरन्तर स्पष्ट रुपमा जनस्तरमा फैलिएको भ्रम चिर्दै दुईदेश बिचको धार्मिक,सांस्कृतिक महत्व र क्रियाकलाप आदान-प्रदान गर्दै जनस्तरमा सहयोग समेत गर्दै आईरहेको बताए ।” त्यस्तै निबन्ध लेखन प्रतियोगिता लागयत अन्य कार्यक्रमहरुलाई निरन्तरता दिने अध्यक्ष सिंहले बताए । त्यस्तै निबन्ध लेखन प्रतियोगिताको नतिजा आएपछि पुरस्कार वितरण कार्यक्रम हुने जनाईएको छ ।







