बर्दिबास । रोटरी क्लब अफ र रोटट्र्याक क्लब बर्दिबासको संयुक्त पद स्थापना कार्यक्रम सम्पन्न आइतवार सम्पन्न भएको छ।
रोटरी क्लब बर्दिबासका निवर्तमान अध्यक्ष रोटियन विष्णुराज पुरीले वर्तमान अध्यक्ष इन्द्रप्रसाद ढुंगेल( सिताराम) लाई पद हस्तान्तरण गरेका छन् भने त्यसैगरी रोट्रीका उपाध्यक्षमा गुन्ज बहादुर कार्की सचिव सुदर्शन ढकाल कोषाध्यक्षमा इन्द्रनारायण सिलवाल लगायत अन्य सदस्यहरू कार्यसमितिमा चयन भएका छन् ।

त्यसैगरी रोट्र्याक क्लब अफ बर्दिबासको निवर्तमान अध्यक्ष नारायणराज अधिकारीले अध्यक्ष सरोज गजमेरलाई आफ्नो पदको हस्तान्तरण गरे भने रोटा वर्ष २०२५-२६ को कार्यसमितिमा अध्यक्षमा सरोज गजमेर उपाध्यक्षमा रमन गिरी सचिवमा संगम गोले , जेनिफर कोषाध्यक्ष रिबाज घिमिरे लगाएतका अन्य सदस्य रहेका छन् ।




त्यस अवसरमा क्लबका नव निर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरूले पनि पद तथा गोपनीयताको सपथ लिएका थिए।

समारोहका प्रमुख अतिथि मधेश प्रदेश, महोत्तरी–१(क) क्षेत्रकी सांसद शारदा देवी थापाले रोटरी क्लबजस्ता विश्वव्यापी मानवसेवी संस्था समाज परिवर्तनमा प्रेरक शक्ति भएको बताइन्। उनले भनिन्, “रोटरीको मूल मान्यता सेवा हो। यसले कुनै पनि व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्छ।” उनले रोटरी क्लबले गर्ने आगामी कार्यक्रमहरूमा सधैं सहकार्य रहने प्रतिवद्धता जनाइन्।

कार्यक्रममा बर्दिवास नगरपालिकाका नगरप्रमुख प्रह्लादकुमार क्षेत्रीले बोल्दै नगर विकासमा रोटरी क्लबले पु¥याएको योगदानको प्रशंसा गरे। उनले नगरपालिकासँग सहकार्यमा अघि बढ्ने संस्था वा समूहलाई प्राथमिकता दिने नीतिअनुसार काम भइरहेको उल्लेख गर्दै नव निर्वाचित पदाधिकारीलाई शुभकामना दिए। “नगरको आधारभूत आवश्यकतामा टेवा पु¥याउनेतर्फ रोटरी क्लबको भूमिका अझ सशक्त बन्ने अपेक्षा गरिएको छ,” मेयर क्षेत्रीले भने।

पदभार ग्रहण गर्दै अध्यक्ष ईन्द्र प्रसाद ढुंगेल(सिताराम)ले रोटरी क्लब अफ बर्दिवासले शिक्षा, स्वास्थ्य, सरसफाई र वातावरण संरक्षण जस्ता क्षेत्रलाई प्राथमिकतामा राख्दै समाजमुखी रचनात्मक गतिविधि सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरे। उनले विगतको अनुभवलाई आधार मानेर आगामी दिनमा अझ सशक्त रूपमा क्लबलाई अघि बढाउने बताए।

रोटा वर्ष २०२५-२६ को लागि रोट्रयाक्ट क्लब अफ बर्दिबास को अध्यक्षको जिम्मेवारी सम्हाल्न पाउँदा आफू अत्यन्तै गौरवान्वित र कृतज्ञ भएको बताउँदै अध्यक्ष गजमेरले भने, ‘यो जिम्मेवारी केवल पद नभएर समाज, युवा नेतृत्व, र परिवर्तनको प्रतीक हो भन्ने म बुझ्दछु।’

उनले रोट्रयाक्टले आफूलाई नेतृत्व गर्ने, सामाजिक उत्तरदायित्व वहन गर्ने, र समर्पणको भावनाले काम गर्ने अवसर दिए बताउँदै विगतका अध्यक्षहरूले स्थापना गरेका जगमा अझ बलियो संरचना बनाउनुपर्ने आवश्यकता रहेको बताए। Fellowship through service भन्ने मूलमन्त्रले प्रेरित भई हामीले सामाजिक सेवाका विविध कार्यक्रमहरू सञ्चालन गर्ने गजमेरले भने ।
यो वर्ष क्लबको मूल उद्देश्य युवा क्षमता विकास (Leadership & Personal Development), वातावरणीय संरक्षण तथा स्वच्छता अभियान, मानसिक स्वास्थ्य र शिक्षा, सर्प दसं ,सडक सुरक्षा , महीनावारी स्वच्छता ,बाल बिवाहा ,सामाजिक संजाल सम्बन्धी सचेतना कार्यक्रमहरू समुदायमा प्रत्यक्ष प्रभाव पार्ने दीगो सेवा परियोजनाहरू साथै, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लबहरूसँग सहकार्य गर्दै हाम्रो गतिविधिलाई अझ प्रभावकारी बनाउने योजना रहेको अध्यक्ष गजमेरले बताए।
कार्यक्रममा निवर्तमान अध्यक्ष विष्णुराज पुरीले आफ्नो कार्यकालको प्रगति विवरण प्रस्तुत गर्दै क्लबले सञ्चालन गरेका विभिन्न गतिविधिको जानकारी गराएका थिए। त्यसैगरी क्लबमा योगदान पु¥याउने सदस्य तथा अतिथिहरूलाई सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो।
रोटरी क्लब अफ बर्दिवासले विगतदेखि नै सामाजिक सेवाको क्षेत्रलाई केन्द्रमा राख्दै स्थानीय स्तरमा शैक्षिक बिकासबिद्यालयको स्तरोन्ती ,स्वास्थ्य शिविर, छात्रवृत्ति, सरसफाई अभियान, वृक्षारोपण लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ।




