महोत्तरी – भारतको दिल्लीबाट ४० जना नेपालीको उद्धार गरिएको छ।
विदेशमा रोजगारीको प्रलोभन देखाएर गैरकानुनी रूपमा दिल्ली पुर्याइएका उनीहरूलाई घरेलु कामदारका रूपमा कुवेत, साउदी अरब, ओमान र दुबईसहितका खाडी मुलुकमा पठाउने तयारी भइरहेको खुलेको हो।



भारतीय प्रहरीको सहयोग र नेपाली राजदूतावासको समन्वयमा ‘किन इन्डिया’ नामक संस्थाले उनीहरूको उद्धार गरेको हो।
उद्धार गरिएका सबैलाई आजै काठमाडौं ल्याइँदैछ।




