काठमाडौँ- सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले देशभरका सबै गाउँपालिका र नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत (प्र.प्र.अ) लाई शून्यमा झारेको बताएकी छन्।
यसअघि १०५ नगरपालिका र ८६ गाउँपालिका निमित्तको भरमा सञ्चालन हुँदै आएका थिए।



मन्त्रालयले पारदर्शिता र कार्यकुशलतालाई ध्यानमा राख्दै कर्मचारी खटनपटन गरेको हो। यसक्रममा लामो समयदेखि मन्त्रालय वा उपत्यकाकेन्द्रित कार्यालयमा रहेका, स्थानीय तहमा काम नगरेका, प्रदेशमा खटिएका तथा फाजिलमा रहेका कर्मचारीलाई प्राथमिकता दिइएको जनाइएको छ।
यससँगै निमित्त प्र.प्र.अ.लाई दिइएको आर्थिक तथा प्रशासनिक जिम्मेवारी स्वतः खारेज भएको छ ।
स्रोतका अनुसार, सहसचिव प्रमुख प्रशासकीय अधिकृत हुने ९ वटा उपमहानगरपालिका र १ वटा महानगरपालिकामा पनि छिट्टै दरबन्दीअनुसारका प्र.प्र.अ. खटाउने तयारी भइरहेको छ।




