काठमाडौं । प्रदर्शनकारीहरूले बानेश्वरस्थित संसद् भवनमा आगजनी गरेका छन् । सुरक्षा घेरा तोड्दै सयौंको संख्यामा प्रदर्शनकारी संसद्भित्र प्रवेश गरेका हुन् ।
उनीहरूले भित्र तोडफोड र आगजनी गरिरहेका छन् ।
संसद् भवनभित्रको ग्यासको सिलिन्डर बाहिर निकालेका छन् । सांसद बस्ने कुर्सीहरू समेत तोडफोड र आगजनी गरेका छन् ।
यसअघि प्रदर्शनकारीहरूले सिंहदरबारको मूल गेटमा समेत आगो लगाइदिएका थिए ।







