नवरात्रको पाँचौ दिन तिथिको घटबढले शुक्रबार पनि कुष्माण्डा देवीको पूजा आराधना गरिएको छ ।
शुक्रबार असोज शुक्ल चतुर्थी तिथि परेकाले दुर्गा पूजाको विधि अनुसार कुष्माण्डा देवीकै पूजा आराधना गरिएको हो । नवदुर्गामध्येकी कुष्माण्डा देवीको चौथो दिन र पाँचौं देवी स्कन्दमाताको पाँचौं दिन पूजा आराधना गर्ने गरिन्छ।



स्कन्दमाताको भने पूरा आराधना भने आश्विन शुक्ल पञ्चमी अर्थात शनिबार गरिँदैछ ।




