महोत्तरी – महोत्तरीमा मोटरसाइकल दुर्घटनामा एक महिलाको मृत्यु भएको छ भने एक बालिका गम्भीर घाइते भएकी छिन्।
शुक्रबार गौशालाबाट माइस्थान चोकतर्फ जाँदै गरेको अनटेस्ट मोटरसाइकलले गौशाला नगरपालिका–१ स्थित रामनगरमा दुई पैदलयात्रीलाई ठक्कर दिएको थियो।



दुर्घटनामा गम्भीर घाइते भएकी स्थानीय ३८ वर्षीया शोभा परियारको बर्दिबासस्थित शुभस्वस्तिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महोत्तरी प्रहरीले जनाएको छ। सोही दुर्घटनामा गम्भीर घाइते भएकी स्थानीय राजु परियारकी १० वर्षीया छोरी ज्ञानु परियारको उपचार भइरहेको प्रहरीले जनाएको छ।
मृतकको शव पोष्टमार्टमका लागि बर्दिबासस्थित सरकारी अस्पतालमा पठाइएको छ। ठक्कर दिने मोटरसाइकल चालक गौशाला नगरपालिका–५ का १९ वर्षीय सुशान्त शर्मालाई इलाका प्रहरी कार्यालय गौशालाले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।




