जनकपुरधाम। मधेश प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्ण यादव नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख सुरेन्द्र लाभले संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् । यो उपधारामा गठबन्धन सरकार बनाउने व्यवस्था छ । आजै यादवले ६ दलको समर्थनमा सरकार बनाउने दाबी प्रदेश प्रमुखसमक्ष गरेका थिए ।
मधेश प्रदेश बनेको १० वर्षपछि कांग्रेसले पहिलोपटक सरकार बनाउने अवसर पाएको हो । मधेशसँगै हाल कांग्रेसको नेतृत्वमा बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकार बनेको छ । मधेशमा यसअघि एमाले संसदीय दलका नेता सरोजकुमार यादव सबैभन्दा ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री बनेका थिए । तर, सर्वोच्च अदालतको आदेशअनुसार प्रदेशसभामा विश्वासको मत पाउने अवस्था नदेखेपछि उनले पदबाट राजीनामा दिएका थिए ।







