काठमाडौँ — झापा-५ बाट प्रतिनिधिसभामा उम्मेदवार हुने चर्चामा रहेका बालेन्द्र शाहले गृहजिल्ला महोत्तरीका रास्वपाका कार्यकर्ता र आफन्तसँग छलफल गरेका छन् ।
काठमाडौं महानगरपालिकाका मेयर रहेका शाहले मंगलबार महोत्तरीका मानिसहरुसँग ज्वागलस्थित कुमार व्यञ्जनकारको घरमा छलफल गरेका हुन् । छलफलमा महोत्तरीबाटै उम्मेदवार हुन उनीहरुले अनुरोध र प्रस्ताव गरेका थिए । शाहले आफू छलफलमै रहेको जवाफ दिएका छन् ।
उनले झापा, काठमाडौ र महोत्तरीलगायतका ठाउँबाट प्रस्ताव आइरहेको र कुन ठाउँबाट लड्ने भन्ने निश्चित नगरेको भनी जवाफ दिएका थिए ।
महोत्तरी शाहको जन्म जिल्ला भएकाले यस पटक मशेधमै उठ्न उनीहरुले प्रस्ताव गरेको र उनले कुनै निर्णय नगरी छलफलमै रहेको जवाफ दिएको उनका प्रेस सल्लाहकार सुरेन्द्र बजगाईंले बताए ।




