बर्दिवास । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि महोत्तरीको क्षेत्र नं. १ बाट ३ पटक चुनाव जितेका गिरिराज मणि पोखरेल र निवर्तमान सांसद लक्ष्मी महतो कोइरी सहितको उम्मेदवारी दर्ता भएको छ।

प्रतिनिधिसभा निर्वाचन महोत्तरीको क्षेत्र नं. १ को निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन अधिकृत गगन देव महतोले दिएको जानकारी यस क्षेत्र नं १ बाट नेपाली काँग्रेसबाट मुकेश काफ्ले, नेकपा एमालेबाट लक्ष्मी महतो कोइरी, नेपाली कम्युनिष्ट पार्टीबाट गिरिराज मणि पोखरेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रमोद कुमार महतो ले मनोनयन दर्ता गराउनु भएको छ ।




त्यसैगरी नेकपा संयुक्तबाट मणिराज निरौला, नेपाल मजदुर किसान पार्टीबाट कृष्णक्कवरी दुवाल, मंगोल ने अ बाट रमेश कुमार सिंह दनुवार, जसपा नेपालबाट योग नारायण महतो, श्रम संस्कृति पार्टीबाट लिला दियाली, आम जनता पार्टीबाट मुकेश साह, राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट यानिखर गौतम, जनमत पार्टीबाट विरेन्द्र महतोले मनोनय दर्ता गराउनु भएको छ।
स्वतन्त्र हिसाबले मनोयन दर्ता गराउनेहरुमा भने सचिन महतो, सुरेन्द्र महतो , सुनिल कुमार सिंह, सबिता कुमारी देवी, सोमिन्द्र सार्की , टेक प्रसाद पोखरेल, वौएलाल महतो, परमेश्वर पासवाल, शिवनारायण महतो, सुनैना देवी कोइरी र प्रेम बहादुर राना मगर हुनुहुन्छ।
अधिकृत गगन देव महतोले २५ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
यस क्षेत्रका निवर्तमान प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरी हुनुहुन्छ। उहाँले २०७९ सालको निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्रका गिरिराजमणि पोखरेललाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनु भएको थियो ।
नेपाली कम्युनिस्ट पार्टीले यसपटक पनि पोखरेललाई नै उम्मेदवार बनाएको छ ।२०६४ सालको पहिलो संविधानसभा निर्वाचनदेखि निरन्तर यसै क्षेत्रबाट प्रतिस्पर्धा गर्दै आएका पोखरेलको यो पाँचौँ चुनावी यात्रा हो ।
२०६४ र २०७० को संविधानसभा निर्वाचन तथा २०७४ को प्रतिनिधि सभा निर्वाचनमा लगातार जित हासिल गरेर पोखरेलले ह्याट्रिक गर्नुभएको थियो । तर, २०७९ को निर्वाचनमा भने उहाँ एमालेका लक्ष्मी महतो कोइरीसँग पराजित हुनु भएको थियो ।
यस पटक पनि दुबैजना चुनावी मैदानमा उत्रिनु भएको छ।




