सुजाता राई
विराटनगर । प्रत्येक महिनाको अन्तिम शनिबार आयोजना हुँदै आएको विराट साहित्य सङ्गमको २३४औँ मासिक साहित्यिक शृङ्खला शनिबार सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष मधु पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा बलराम पोखरेल उपस्थिति रहेका थिए ।

उक्त कार्यक्रममा चिरञ्जीवी काफ्ले, केशु विरही, उमेश लुइँटेल, संजय कर्ण, डोमी कामत, कविता केशरी, हरि कट्टेल, स्वयम्भूनाथ कार्की, शारदा कार्की, शम्भुप्रसाद भट्टराई, चन्द्रकान्त भट्टराई, भवानीप्रसाद पोखरेल, एकनाथ ढकाल, आदित्य मिथिलेश, यालपी पराजुली, निर्मला नेपाल, नानुमैयाँ दाहाल, अन्जु अश्रु, पुष्पा सायरा, लक्ष्मी रायमाझी, भूपाल अधिकारी, ऋषि तिवारी, मुनाल पोखरेल, किरण अन्जान, केशव रिजाल, बाबुराम पोखरेल, पेशल न्यौपाने, गोपाल निर्भीक, खेम नेपाली, रंजना भट्टराई लगायतले आ–आफ्ना रचना वाचन गरेर सुनाए । त्यसैगरी हरिप्रसाद बराल, सुजाता राई, निर्मला कोइराला, लक्ष्मी पोखरेल, सम्झना दाहाल लगायत साहित्यप्रेमीहरूको उल्लेख्य उपस्थिति भयो।

सोही अवसरमा गोलाप्रथाबाट तीन जना स्रष्टालाई सहभागी प्रोत्साहन पुरस्कार प्रदान गरियो । निर्मला नेपाललाई नगदसहित “नगेन्द्रमणि–विन्ध्या न्यौपाने सहभागी प्रोत्साहन पुरस्कार” तथा भवानीप्रसाद पोखरेललाई “निरजकुमार खतिवडा सहभागी प्रोत्साहन पुरस्कार” प्रदान गरिएको थियो।




