चितवन – नेकपा एमालेको १०औं महाधिवेशन अन्तर्गत भएको मतदानको गणना सुरू भएको छ। मतदान मंगलबार दिउँसो १ बजे सुरू भएको हो।
बिहान ४ बजेदेखि भएको मतदान ११ बजे सम्पन्न भएको थियो। दुई हजार १५३ मतदाता रहेकोमा २ हजार ९६ जनाले मतदान गरेका थिए।



मतगणनास्थलमा सुरक्षा व्यवस्था कडाइ गरिएको छ। करिब एक घण्टामा मत परिणाम आउने निर्वाचन अयोगका सदस्य बिमला विकले बताइन्।
विद्युतीय मेसिनबाट इलेक्ट्रोनिक भोटिङको व्यवस्था गरिएको थियो। एक पटकमा ६९ जनाले मतदान गर्ने व्यवस्था मिलाइएको थियो।




