जनकपुरधाम । धनुषा क्षेत्र नं. ३ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य मनिष झाले जनकपुरधाममा निजी विद्यालयसँग सम्बन्धित संस्थाका पदाधिकारीहरूसँग भेटघाट गर्दै शिक्षा क्षेत्र सुधारका विषयमा छलफल गरेका छन् ।
भेटघाटका क्रममा विद्यालय क्षेत्रको वर्तमान अवस्था, शिक्षाको गुणस्तर अभिवृद्धि तथा विद्यार्थीमैत्री वातावरण निर्माणका विषयमा विस्तृत रूपमा विचार विमर्श गरिएको हो ।



छलफलमा निजी विद्यालयहरूले शिक्षा प्रणालीमा खेल्दै आएको भूमिका र त्यसलाई अझ प्रभावकारी बनाउने उपायबारे पनि कुराकानी भएको बताइएको छ ।
सांसद झाले गुणस्तरीय शिक्षाका लागि सबै सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै विद्यालयहरूले विद्यार्थीको समग्र विकासमा केन्द्रित कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
उक्त अवसरमा निजी विद्यालयका पदाधिकारीहरूले पनि विद्यालय सञ्चालनका चुनौती, शैक्षिक सुधारका सम्भावना तथा सरकारसँगको समन्वयबारे आफ्ना धारणा राखेका थिए ।
छलफलले शिक्षा क्षेत्रको सुधार र समन्वयलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।




