जनकपुरधाम — प्रधानमन्त्री सुशीला कार्की शुक्रबार जनकपुर आएर प्रसिद्ध जानकी मन्दिरको पूजापाठ गरेकी छन् ।
प्रधानमन्त्री कार्कीलाई स्वागत गर्न जानकी मन्दिरमा रातो कार्पेट बिछ्याइएको थियो ।



सुर्खेतबाट हेलिकप्टरमा सीधै जनकपुर आएकी प्रधानमन्त्री कार्कीले जानकी मन्दिरको गर्भगृहमा विशेष पूजापाठ गरेकी छन् । उनलाई पूजापाठमा जानकी मन्दिरका महन्त रामतपेश्वर दास र उत्तराधिकारी महन्त रामरोशन दासले सहयोग गरेका थिए ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुईटेलले जनकपुरको जानकी मन्दिरको पूजापाठ गरेपछि प्रधानमन्त्री कार्की हेलिकप्टरमा महोत्तरीको गौशाला प्रस्थान गर्ने बताए ।
गौशालामा रहेका गौशालाको निरीक्षण गर्ने कार्यक्रम छ । त्यहाँबाट उनी सीधै काठमाडौं प्रस्थान गर्नेछिन् ।




