अजय शाह,गौशाला (महोत्तरी) – महोत्तरीको गौशाला नगरपालिका–४, रजखोरका बेचन साहीले आफ्नो जीवनको अधिकांश समय एउटै घरमा बिताउनुभयो । बुवाबाजेले बसोबास गर्दै आएको त्यही घरघडेरीमा उहाँले परिवार हुर्काउनुभयो तर यति लामो समयसम्म पनि उहाँसँग त्यो जग्गा आफ्नै भएको प्रमाणित गर्ने आधिकारिक कागजात थिएन ।
करिब छ दशकको प्रतीक्षापछि शुव्रmबार उहाँको हातमा जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) प¥यो । उहाँले भन्नुभयो, “हामीले बर्सौंदेखि यही जग्गा भोगचलन गर्दै आएका थियौँ तर स्वामित्वको कागज थिएन । “आज लालपुर्जा पाएपछि अब यो जग्गा हाम्रो हो भन्ने कानुनी प्रमाण प्राप्त भएको छ । यति धेरै वर्षपछि सरकारले हाम्रो समस्या सम्बोधन गरेको महसुस भएको छ ।” बेचन साही जस्तै रजखोरका अन्य ३३ परिवारका लागि पनि शुव्रmबारको दिन विशेष बन्यो । नापी कार्यालय महोत्तरीको पहलमा गाउँब्लक क्षेत्रको नापजाँच तथा आवश्यक प्रव्रिmया पूरा भएपछि ३४ परिवारलाई लालपुर्जा वितरण गरिएको हो । स्थानीय किशोरी दासका लागि पनि यो दिन अविस्मरणीय रह्यो । बर्सौंदेखि बसोबास गर्दै आएको जग्गाको स्वामित्व प्रमाणपत्र नहुँदा विभिन्न समस्या भोग्नु परेको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “हामीसँग जग्गा थियो तर त्यसको कानुनी प्रमाण थिएन । सरकारी कामकाजमा समस्या हुन्थ्यो, बैङ्कबाट ऋण लिन पनि सहज थिएन । अब लालपुर्जा पाएपछि हाम्रो जग्गामाथिको अधिकार स्थापित भएको छ । भविष्यमा छोराछोरीलाई पनि सहज हुने छ ।”



रजखोरका धेरै परिवार पुस्तौँदेखि एउटै ठाउँमा बसोबास गर्दै आए पनि ‘गाउँब्लक’ क्षेत्रको व्यवस्थाका कारण लालपुर्जाबाट वञ्चित थिए । कानुनी स्वामित्वको प्रमाण नहुँदा उनीहरूमा सधैँ अन्योल र असुरक्षाको भावना रहने गरेको थियो । स्थानीयका अनुसार लालपुर्जा नहुँदा सम्पत्तिको किनबेच, नामसारी, बैङ्किङ कारोबारलगायतका काममा कठिनाइ हुने गरेको थियो । कतिपयले आफ्नै घरघडेरीमा बसोबास गरे पनि कानुनी रूपमा पूर्ण स्वामित्व स्थापित गर्न नसकेको पीडा बर्सौंदेखि बोकेर हिँडेका थिए । शुव्रmबार आयोजित लालपुर्जा वितरण कार्यव्रmममा अधिकांश लाभग्राहीका अनुहारमा खुसी स्पष्ट झल्किन्थ्यो । कसैले लालपुर्जा छातीमा टाँसेर तस्बिर खिचाए भने कसैले एकअर्कालाई बधाई दिँदै लामो प्रतीक्षाको अन्त्य भएको अनुभूति साटे । एक स्थानीय ज्येष्ठ नागरिकले भन्नुभयो, “हामीले कहिले लालपुर्जा पाइन्छ भन्ने आशा लगभग छाडिसकेका थियौँ तर आज हातमा कागज आएपछि मन हलुका भएको छ ।”
लाभग्राहीको खुसीसँगै कार्यक्रममा सहभागी जनप्रतिनिधि तथा सरकारी अधिकारीले बाँकी रहेका योग्य नागरिकलाई पनि व्रmमशः लालपुर्जा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
महोत्तरी क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य प्रमोदकुमार महतोले स्थानीयको दशकौँ पुरानो समस्या समाधानतर्फ महìवपूर्ण उपलब्धि हासिल भएको बताउँदै बाँकी योग्य परिवारलाई पनि लालपुर्जा वितरण गरिने जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले गाउँब्लक क्षेत्रको नापजाँच तथा लालपुर्जा वितरण अभियानलाई निरन्तरता दिइने बताउनुभयो ।-गोरखापत्र





