युरोपियन युनियन र संयुक्त राष्टसंघ महिला कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोग, प्रोपव्लिकको अगुवाईमा निड्स नेपाल धनगढी र सुशासन प्रर्वद्धनका लागि युवा सुर्खेतको साझेदारीमा संचालित लैगिंक समानताका लागि समाजिक जवाफदेहिता परियोजना अर्न्तगत धनुषाको नगराईन नगरपालिका वडा नम्वर १ मा सार्वजनिक सुनुवाई कार्यक्रम सोमवार (जेष्ठ २५ गते ) सम्पन्न भयो ।

स्थानीय सरकारले प्रवाह गर्ने विकास र सेवासंग सम्वन्धित कार्यलाई लैगिंकमैत्री, जनमुखी, जवाफदेहि र पारदर्शि वनाउने साथै योजना तर्जुमा तथा निर्णय प्रकियामा महिला तथा पछाडि पारिएको वर्ग, दलित जनजाती र अपांगता भएका व्यक्तिहरुको सहभागिता सुनिश्चित वनाउने उद्देश्यले आयोजना भएको सो सार्वजजिक सुनुवाई कार्यक्रममा ७० जना भन्दा वढी स्थानीय महिला पुरुषहरुको सहभागिता रहेको थियो भने जवाफदेहि व्यक्तिको रुपमा नगराईन नगरफाकिाका मेयर विनय कुमार यादव, उपमेयर राधादेवी यादव, वडा अध्यक्ष सिताराम महतो, प्रमुख प्रशासकिय अधिकृत सुधिर कुमार शाह रहनु भएको थियो ।




विकास र सेवासंग सम्वन्धित रहेर १२ जना भन्दा वढी महिलाले योजना तर्जुमा महिलाको सहभागिता,पानी पाईपको समस्या, सेवा सुविधामा विभेद,घेरेली हिंसा, महिला हिंसा, वालविवाह, विउटि पारर्लर, गुडिया र सावुन सम्वन्धी तालिम जस्ता विषयमा प्रश्न गरेका थिए । सवै प्रश्नहरुको एक एक गरी जवाफ दिदै मेयर विनय कुमार यादव र उपमेयर राधादेवी यादव, वडा अध्यक्ष सितारमा महतो, प्रमुख प्रशासकिय अधिकृत सुधीर कुमार शाहले जवाफ दिनु भएको थियो ।

कार्यक्रमको अन्तमा लैगिंमैत्री सार्वजनिक सेवा प्रवाह गर्न नगर पालिका सधै प्रतिरहेको कुरा वताउदै ७ वुधे लिखित सार्वजनिक प्रतिवद्धतामा पनि गर्नुभएको थियो । परियोजना संयोजक अजय कुमार शाहले सहजीकरण गर्नुभएको भने कार्यक्रमको उद्देश्यमाथी प्रकाश प्रो पव्लिकका टिम लिडर पोष्ट केसी गर्नुभएको थियो ।





