धनुषा । धनुषामा बोक्सी प्रथा न्यूनीकरण तथा अन्धविश्वासविरुद्ध सचेतना फैलाउने उद्देश्यले आज भव्यतापूर्वक जनचेतनामूलक कार्यक्रम सम्पन्न भएका छन् ।
यसै कार्यक्रमकाे प्रमुख अतिथिय जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले आज जनकपुरधाम उपमहानगरपालिका वडा नं.४ काे प्रसिद्ध माेडेल मल्टीपल कलेजमा हस्ताक्षर सहित समान गरि कार्यक्रमलाई सम्पन्न गरिएकाे हाे ।



तह, प्रशासन, प्रहरी तथा आम नागरिक विभिन्न सँग संस्थाहरुले समाजकाे समुदायस्तरमै गएर सचेतना अभिवृद्धि बोक्सी कूप्रथाजस्ता कुरीति विरुद्धको सामाजिक अभियानलाई थप सशक्त पार्नुपर्ने सिडीयाे काे भनाइ रहेका छन् ।
उहाँले बोक्सी आरोपका नाममा हुने हिंसा, विभेद र अमानवीय व्यवहार कानुनतः दण्डनीय अपराध भएको उल्लेख गर्दै अन्धविश्वास अन्त्यका लागि सामूहिक प्रयास आवश्यक रहेको बताएका थिए।
कार्यक्रममा कार्यक्रमकाे केन्द्रीय अध्यक्ष कोविद शरण उपाध्यायले धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलाई दाैसाला ओडाएर सम्मान , गरिएका छन् ।

बाेक्सी कुप्रथाकाे नाममा हुने अमानवीय व्यवहार अन्त्य गर्न र अन्धविश्वास हटाउने सम्बन्धमा लाम्राे समयदेखि सञ्चार छेत्रबाट कलम चलाउदै आएको धनुषाका सहक्रिय पत्रकार इन्द्र भूषण यादवलाई मान्छे बाेक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपाल र धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले दाैसाला ओडाएर समान गरि प्रमाण पत्र हस्तान्तरण गरेर बधाई तथा शुभकामना पनि दिएका छन् ।
यसै संस्थाका सल्लाहकारका रुपमा रहेका मुरली मनाेहर मिश्रलाई पनि दाैसाला ओडाएर प्रमाण पत्र सहित समान गरिएका छन् ।
मान्छे कहिल्यै बाेक्सी हुँदैन राष्ट्रिय जागरण प्रतिष्ठान नेपालद्वारा आजाेजित जनचेतनामूलक कार्यक्रमका केन्द्रीय अध्यक्ष तथा अभियन्ता काेविदशरण उपाध्यका अनुसार विगत दुई वर्षमा मधेश प्रदेशका राैतहट, धनुषा , महाेत्तरी र पर्सा जिल्लाका १४ स्थानमा बाेक्सी आराेपसँग सम्बन्धित घटना भएकाे थियो ।
ती घटनालाई मध्यनजर गर्दै प्रभावित क्षेत्रमा हामी पुगेर शिक्षा चेतना तथा वृत्तचित्र प्रदर्शन गरि धनुषामा पनि कार्यक्रम गरि आज सम्पन्न गरिएको हाे ।
उहाँका अनुसार अभियान अन्तर्गत बाेक्सी सम्बन्धी कुप्रथा विरुद्ध जनचेतना फैलाउनुका साथै बाेक्सी सम्बन्धी ( कसुर र सजाय ) ऐन , २०७२ बारे पनि सर्वसाधारण सहित विद्यार्थीलाई जानकारी गराईएकाे छ । आगामी दिनमा देशभर करिब दुई सय स्थानमा यस्ता कार्यक्रम विस्तार गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो ।

मान्छे बाेक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालकाे संस्था काे अध्यक्ष कोविद शरण उपाध्यायको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी , जिल्ला प्रशासन कार्यालयका एसपी , जनकपुर उपमहानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष सुरेश झा , साहेक कर्मचारी निलु झा , त्यहीँ वडाका वडावासी , कर्मचारी , माेडेल मल्टीपल कलेजका विद्यार्थी , शिक्षक , सञ्चारकर्मी लगाईत यश कार्यक्रमका प्राविधिक नराईन देवकोटा तथा कार्यक्रममा प्रहरी , स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, समाजसेवी तथा सर्वसाधारणहरुकाे उपस्थिति रहेको थियो।




