महोत्तरी – बन्दी प्रत्यक्षीकरण रिटमाथिको सुनुवाइ गर्दै सर्वोच्च अदालतले नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई कारागारबाट रिहा गर्न आदेश दिएको छ ।
न्यायाधीशद्वय श्रीकान्त पौडेल र कुमार रेग्मीको संयुक्त इजलासले कोइरीलाई थुनामुक्त गर्न आदेश जारी गरेको हो ।



कोइरी थमनविक हत्या प्रकरणमा दोषी ठहर भएका थिए । उच्च अदालत जनकपुरले उक्त मुद्दामा उनलाई पाँच वर्ष कैद सजाय सुनाएको थियो ।
फैसला सुनाइएको भोलिपल्ट नै उनलाई पक्राउ गरी जलेश्वर कारागार पठाइएको थियो ।
सर्वोच्च अदालतले भने १९ असारमा जारी गरिएको कैदी पुर्जी कानुनसम्मत नरहेको निष्कर्ष निकाल्दै त्यसका आधारमा गरिएको थुना कानुनी रूपमा टिक्न नसक्ने ठहर गरेको छ ।
सोही आधारमा अदालतले कोइरीलाई तत्काल कारागारबाट मुक्त गर्न आदेश दिएको हो ।





