बर्दिबास। लियो जिल्ला परिषद ३२५ एफ नेपालको रिजन मिथिला द्वारा आयोजित लियो रिजनल भेला तथा युवा नेतृत्व विकास सम्बन्धी कार्यशाला समापन भएको छ ।
महोत्तरीको बर्दिवासमा लियो जिल्ला परिषद ३२५ एफ नेपालको रिजन मिथिला चेयरपर्सन लियो लायन दिपेश कुमार सिंह को अध्यक्षता र मिथिला नगरपालिका की नगर उपप्रमुख सुनिता सिंह बुढाथोकी प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न गरिएको थियो ।



युवामा नेतृत्व क्षमता, व्यक्तित्व विकास, सामाजिक उत्तरदायित्व तथा सकारात्मक सोचको विकास गर्ने उद्देश्यले आयोजित कार्यशालामा विभिन्न लियो क्लबका युवाहरूको सहभागिता रहेको थियो। कार्यक्रममा नेतृत्व विकास, प्रभावकारी सञ्चार, टिमवर्क तथा सामाजिक सेवाका विषयमा
लियो लायन मनोज तिवारी, मनिष रमण , र विकास साहले
प्रशिक्षण दिनु भएको थियो ।
६ वटा लियो क्लबहरूबाट ५० जनाभन्दा बढी सहभागिता रहेको उक्त कार्यक्रममा सहभागीहरुले खेल , मनोराजनत्मक तवरबाट नैतिक शिक्षा र जिवन उपयोगी ज्ञान प्राप्त गरेको आयोजकले जनाएको छ।
कार्यक्रमले युवालाई नेतृत्वदायी भूमिकामा अघि बढ्न प्रेरित गर्दै समाजमा सकारात्मक परिवर्तनका लागि सक्रिय बन्न थप ऊर्जा प्रदान गरेको कार्यक्रममा सहभागी लियो क्लब अफ मिथिला आदर्श का अध्यक्ष धर्मेन्द्र कुमार महतोले बताए ।
कार्यक्रममा विशिष्ट अतिथि रुपमा एल.डि.सि. ३२५ एफ क्षेत्रिय संयोजक मोनिका अर्याल, समाजसेवी राजलाल महतो , होटल व्यवसायी एवम् समाजसेवी दिपक महतो, लियो जिल्ला परिषद ३२५ एफ नेपालका कोषाध्यक्ष लियो लायन निराजन कुशवाहा समेतको उपस्थिति रहेको थियो।




