महोत्तरी- महोत्तरीको मटिहानी नगरपालिका ७ मा सासुको हत्या गरेको आरोपमा एक जना बुहारीलाई प्रहरीले पक्राउ गरेको छ । मटिहानी नगरपालिका ७ बस्ने तेतरीदेवी खत्वे आफ्नै सासुको हत्या गरेको आरोपमा पक्राउ परेका हुन् ।
घरायसी विवादमा आफ्नै सासु ६० वर्षिया जगतारणदेवी खत्वेलाई कुटपिट गरी हत्या गरेको आरोपमा तेतरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरिक्षक दिनेश आचार्यले जानकारी दिए।
राति सासु र बुहारीमा घरायसी विवादपछि झगडा भएको र घटना भएपछि बिहान सासुको मृत्युभएको प्रहरीले जनाएको छ । सासु जगतारणको निधारलगायतका ठाउँहरुमा चोटपटक देखिएकाले हत्या भएको आशंकामा बुहारी तेतरीलाई नियन्त्रणमा लिइएको प्रहरी उपरिक्षक आचार्यले बताए ।
बुहारी तेतरीलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको जानकारी दिनुहुँदै थप कुरा पोष्टमार्टम रिपोर्टपछि मात्रै खुल्ने आचार्यले बताए । विवादको कारण भने खुल्न नसकेको प्रहरी उपरिक्षक आचार्यले जानकारी दिनुभयो । थप अनुसन्धान भइरहेकोले उनले बताए ।




