काठमाडौँ । रसुवा बाढीका कारण हालसम्म १३ हजार १०४ जनाको उद्धार गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आइतबार बिहान ११ बजेसम्म छ हजार ७५ जना घाइतेको उपचार गरिएको छ ।
रसुवा, नुवाकोट र धादिङ्गका होल्डिङ्ग सेन्टरमा तीन हजार ६५२ जना रहनुभएको छ । बाढी प्रभावितको राहत, उद्धार र पुनरस्थापनाका लागि २१ हजार ४६५ सुरक्षाकर्मी परिचालन गरिएको प्राधिकरणले जनाएको छ ।



बाढीका कारण एक हजार तीन सय ४१ मानवीय क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । रसुवामा १६३, नुवाकोट १९५, धादिङ्ग ६७, गोरखा ७४, तनहुँ ३८, नवलपरासी पूर्व २२२, नवलपरासी पश्चिम २००, गोरखा ७४ र चितवनमा ३६२ शव फेला परेका छन् । चार हजार नौ सय छ्यानब्बे व्यक्ति सम्पर्कविहीन हुनुहुन्छ ।




