सुजाता राई
विराटनगर । संविधान दिवस २०८३ को अवसरमा कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजना तथा आर्थिक मामिला तथा कानुन मन्त्रालयको सहयोग र समन्वयमा आयोजित सडक दौड प्रतियोगितामा विभिन्न उमेर समूहका १२ खेलाडी विजयी भएका छन्।



विराटनगरस्थित शहीद रंगशालामा प्रतियोगिताको दोस्रो दिन असोज २ गते दौड प्रतिस्पर्धा भएको हो। प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सिटी बजाएर गरेका थिए।

प्रतियोगितामा १५ वर्षमुनिका छात्र–छात्रा तथा ५० वर्षमाथिका पुरुष–महिलाले सहभागिता जनाए।
१५ वर्षमुनि छात्रतर्फ उज्ज्वल तुम्सिन प्रथम, समिर राजवंशी द्वितीय र सनम आङ्देम्बे तृतीय भए। छात्रातर्फ अनिसा कार्की प्रथम, रजिना राई द्वितीय र निमा राई तृतीय भए।
त्यस्तै, ५० वर्षमाथि पुरुषतर्फ विजयकुमार राई प्रथम, अविनारायण अधिकारी द्वितीय र मंगल तामाङ तृतीय भए। महिलातर्फ कौशिला तामाङ प्रथम, रीता कुमारी चौधरी द्वितीय र चन्द्रकला तामाङ तृतीय भए।

प्रतियोगितामा सहभागीमध्ये सबैभन्दा कम उमेरकी खेलाडी ६ वर्षीया इशानी झा रहेकी थिइन्। विराटनगर–६ निवासी झा जुडो खेलाडीसमेत हुन् र उनले एल्लो बेल्ट प्राप्त गरेकी छिन् ।
यसअघि प्रतियोगिताको पहिलो दिन असोज १ गते भएको ब्याडमिन्टन प्रतियोगितामा महिला डबल्सतर्फ सिर्जना राई–लिला लिम्बु, सानु जोशी–बिमला श्रेष्ठ, शिक्षा कार्की–पशुपति बस्नेत र अन्जू सुवेदी–विनिता शाह विजयी भएका हुन् ।

पुरुष डबल्सतर्फ सुवाष लिम्बु–प्रदीप कुमार श्रेष्ठ, शान्त कुमार राई–दिनेश राई, दिल कुमार आचार्य–तोत्र खड्का र सुरज राना मगर–इन्द्रा राई विजयी भएका छन् ।

कार्यक्रममा बिशिष्ट अतिथि सामाजिक विकासमन्त्री गीता तिम्सिना, उद्योग, कृषि तथा सहकारीमन्त्री रामप्रसाद महतो, भौतिक पूर्बधार बिकास मन्त्री जीवन आचार्य,पर्यटन बन तथा वातावरण मन्त्री खिनु लङ्वा (लिम्बु) खानेपानी सिंचाई तथा उर्जा मन्त्री तिलचन पाठक,स्वास्थ्य मन्त्री इन्द्र्मणी पराजुली,आन्तरिक मामिला तथा कानुन मन्त्री गोम्बु शेर्पा, बोर्डका सदस्यसचिव विप्लव घोष, उपाध्यक्ष सन्तोषी श्रेष्ठ,बशन्तराज आचार्य, कर्मचारी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष, बोर्डका पदाधिकारी तथा सदस्य, खेलाडी, प्रशिक्षक, निर्णायक र खेलप्रेमीलगायतको उपस्थिति थियो।




