सर्लाही – सर्लाहीको उत्तरीभेगस्थित लालबन्दी नगरपालिका–१२, जियाजोरमा आइतबार अपराह्न पोखरीमा डुबेर एक किशोर बेपत्ता भएका छन् ।
जियाजोरका किसानले आफ्नो निजी जग्गामा केही समय अघिदेखि नै खनेर छाडेको खाल्डो (पोखरी) मा डुबेर लालबन्दी नगरपालिका–११, हीरापुर बस्ने देवेन्द्र ठाकुरका छोरा १५ वर्षीय राजु ठाकुर बेपत्ता भएका हुन् । अत्यधिक गर्मी भएपछि अपराह्न ४ बजेतिर ठाकुर साथीहरुसँगै मिलेर लखन्देहीखोला पारी जियाजोरमा रहेको पोखरीमा पौडी खेल्न पुगेका थिए ।



पौडी खेल्दा अन्य तीन/चार किशोर सकुशल बाहिर निस्कन सफल भएका तर राजु भने पानीमा डुबेका स्थानीयको भनाइ छ । पोखरीमा डुबेर बेपत्ता राजुको खोताखोर टोलीसहित खोजी सुरु गरिएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख एवं प्रहरी निरीक्षक श्याम थापा मगरले जानकारी दिनुभयो ।




