महोत्तरी – विद्यालयमा अध्ययनरत बालबालिकालाई स्वच्छ तथा सुरक्षित खानेपानी उपलब्ध गराउने उद्देश्यले महोत्तरीको एकडारा गाउँपालिकास्थित मदरसा हन्फिसा आधारभूत विद्यालय , श्री माध्यमिक विद्यालय एकडारा बेला,श्री मुनरी राष्ट्रिय आधारभुत विद्यालय एकडारा भटौलियामा खानेपानी शुद्धीकरण प्लान्ट स्थापना गरिएको छ।
कतार च्यारिटी नेपालको आर्थिक सहयोग तथा समाज विकास केन्द्र (SDC) महोत्तरीको सहकार्यमा सन् २०२६ को परियोजना अन्तर्गत विद्यालयमा उक्त प्लान्ट स्थापना गरिएको हो।परियोजना नम्बर ३६६३८६,३६६९०३ र ३६६०१७ अन्तर्गत सञ्चालित ‘हमद मोहम्मद अल घुवैरब परियोजना’ ले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शुद्ध र स्वच्छ पिउने पानी उपलब्ध गराउने लक्ष्यसहित प्लान्ट जडान गरेको छ।




उक्त स्थापित प्लान्टमा पानी भण्डारणका लागि ठूलो क्षमताको ट्यांकी, पानी प्रशोधन गर्ने उपकरण तथा विद्यार्थीले सहज रूपमा पानी पिउन सक्ने गरी विभिन्न धाराहरू जडान गरिएका छन्।
मदरसा हन्फिसा आधारभुत विद्यालयमा अध्यनरत छात्र फैजान अंसारीले पहिला खानेपानीको निकै समस्या रहेको बताए । उनले चापाकलको पानीमा शुद्धता परीक्षण नभएकोले दूषित पानी त् सेवन भईरहेको छ की प्रशन गर्दै अब त्यही पानी शुद्धिकरण भएर सफाठाऊँमा व्यवस्तिथ भएपछि स्वस्थ,शुद्ध पानी पिउने अवसर पाएकोमा खुशी व्यक्त गरे ।
त्यस्तै श्री माध्यमिक विद्यालय एकडारा बेलामा अध्यनरत छात्रा निभा कुमारी झाले पानी खान निकै संघर्ष जस्तै गर्नुपर्ने अवस्था रहेको थियो बताइन । उनले महिला विद्यार्थीहरु पानी खानकै लागि ठुलो लाईन बस्नु पर्ने अवस्था थियो । जसले गर्दा पठन-पाठन प्रभावित भएसँगै पानीको शुद्धता बारे पनि खास चासो देखीदैन् थियो कतार च्यारिटी र समाज विकास केन्द्र महोत्तरीले व्यवस्तिथ र स्वच्छ खानेपानीको उपलब्धता गराईदिदा शुद्ध र सफा पानी खाने व्यवस्थापनका लागि संस्था प्रति कृतज्ञता व्यक्त गरे।

विद्यार्थीको स्वास्थ्य तथा सरसफाइमा सकारात्मक प्रभाव पार्ने अपेक्षा रहेको भन्दै श्री माध्यमिक विद्यालय एकडारा बेलाका स. प्रधानध्यापक संजय सिंहले बालबालिकालाई दूषित पानीबाट हुन सक्ने विभिन्न रोगको जोखिमबाट जोगाउन तथा विद्यालयमा स्वस्थ र सुरक्षित सिकाइ वातावरण निर्माण गर्न यस परियोजनाले सहयोग पुर्याउने विश्वास व्यक्त गरे।
समाज विकास केन्द्र महोत्तरीका अध्यक्ष मो. नईम अंसारीले शिक्षाको पहुँचसँगै विद्यार्थीका आधारभूत स्वास्थ्य तथा सरसफाइ सुविधालाई प्राथमिकता दिनुपर्ने आवश्यकताका बीच कतार च्यारिटी र सामाजिक विकास केन्द्रको यो सहकार्य मार्फत एकडारा गाउँपालिका तिन विद्यालयमा खानेपानी शुद्धीकरण प्लान्ट स्थापना गरिएको उनले बताए ।

महोत्तरीको एकडारा गाउँपालिका पछि जलेश्वर नगरपालिका अन्तर्गतका विद्यालय तथा मदरसाहरुमा सो कार्यहरु निरन्तर रुपमा सक्रियता साथ अघि बढिरहेको उनले बताए ।विद्यालयमा खानेपानी शुद्धीकरण प्लान्ट स्थापना भएपछि अध्ययनरत बालबालिकाले विद्यालयमै स्वच्छ तथा सुरक्षित पिउने पानी प्राप्त गर्ने अपेक्षा गरिएको छ।




