गौशाला । तेस्रो भरतपुर कप–२०८३ खुल्ला नकआउट फुटबल प्रतियोगिताको उद्घाटन शुक्रबार एक समारोहका विच सम्पन्न भएको छ । गौशाला नगर युवा सञ्जालका अध्यक्ष भरत महतो कोइरी (विजय) द्वारा सो खेलको उद्घाटन गरिएको हो ।

उक्त समारोहमा विशिष्ट अतिथिका रूपमा प्रहरी नायब उपरीक्षक गुरु प्रसाद तिम्सिना, प्रहरी निरीक्षक मधुसूदन विश्वकर्मा, प्रहरी सहायक निरीक्षक सुधीर कुमार सिंह, गौशाला नगरपालिका वडा नं. ११ का वडाध्यक्षज् रामपृत महतो कोइरीलगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको गरिमामय उपस्थिति रहेको थियो।




प्रतियोगितालाई सफल बनाउन उषा इन्जिनियरिङ कन्सल्टेन्सी प्रा.लि.का संस्थापक तथा गौशाला वुमेन्स क्रिकेट क्लबका अध्यक्ष इन्जिनियर सञ्जित कुमार महतोको विशेष अगुवाइ, पहल तथा योगदान रहेको सञ्जालका अध्यक्ष कोइरीले बताएका छन् । साथै प्रतियोगितामा स्थानीय युवा रन्जित पासवान र भरतपुर फुटबल क्लबको भूमिका तथा योगदान रहेको छ।






