काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताअन्तर्गत काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सबीच शनिबार (कार्तिक २१ गते) सम्पन्न खेलमा प्लेयर अफ द म्याच घोषित काठमाडौं गोर्खाजका ब्याटर डेभिड वार्नरलाई पुरस्कार प्रदान गरिएको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टीयू) क्रिकेट मैदानमा सम्पन्न खेलपछि कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव विप्लव घोषले वार्नरलाई पुरस्कार प्रदान गरेका थिए।







