रञ्जन कुमार भण्डारी,महोत्तरी- वि.सं. २०८१ साल भदौं १८ गते बलात्कार र अंगभंगको हिंसा भोग्नु परेकि युवतीले लामो संघर्ष पछि वि.सं. २०८३ मंसिर ३ गते नागरिकता पाउन सकेकि छिन । बलात्कारकै क्रममा करेन्ट लागेर घाईते भएकि पिडितले देव्रे हातको ३ औला गुमाउनु परेको थियो । वि.सं. २०८१ साल असोज १३ गते आरोपीलाई पुर्पक्षको थुनामा पठाउने र वि.सं. २०८१ चैत्र २१ गते पिडित राहत कोषबाट दुईलाख दिने आदेश पछि नै उनी रकम पाउन नागरिकता सहितको आवश्यक कागजात जुटाउन संघर्षरत थिईन । उनी अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)को सहयोगमा नागरिकता प्राप्त गर्न सकेकि हुन ।
पिडित राहत कोषको रकम पाउन बैंक खाता खोल्नु पर्ने र खाता खोल्न नागरिकता आवश्यक भएपछि उनी नागरिकता बनाउन प्रयास सुरु गरेकि थिईन । तर बुवाको मृत्यु भैसकेको,आमाको अवस्था अज्ञात रहेको र सन्तानको नाममा उनी एकमात्र छोरी भएकोले आफ्नै काकाले उनको सनाखत गरिदिनु पर्नेमा काकाले सनाखत गर्न नमानेपछि उनको नागरिकता अड्केको थियो । काकालाई सनाखतको लागि राजी गराउन इन्सेक र नेपाल प्रहरी समेतले सहयोग गरेपछि उनको नागरिकता बन्न सम्भव भएको हो ।



इन्सेक मधेश प्रदेश प्रमुख राजु पासवानले नागरिकता हरेक नेपाली नागरिकको अधिकार भएको बताउदै नागरिकताकै लागि सुरुमा वडा कार्यालय देखि विभिन्न स्थानमा विभिन्न सिफारिसकै लागि समेत जुझ्नु परेको बताए । काकासंगको नाता प्रमाणित देखि उनको कुमारी प्रमाणित लगायतको कागजातमै समेत पटक पटक वडा कार्यालय धाउनु परेको उनले थपे । कैयौ पटकको भागदौड र प्रयासले पिडितले राहतको रकम पाउने अवस्था आएको उनले भने ।
इन्सेकले कानुनी प्रकृयामा सहजताको लागि पिडितले १० हजारको दरले दुई पटक आर्थिक सहयोग गरिसकेको छ भने निरन्तर उनको न्यायको यात्रामा सहयोग गर्दै आएको छ ।पिडितले घरमा अरु आफन्त कोहि नभएकोले पेट पाल्न अरुको भाडाकुडा र कपडा धोएर दुईछाक टार्दै आएकि छिन । उनी राहतको रकमले सानो कुनै पसल खोलेर जिविका चलाउने बताउछिन । उनले घटनापछि सेफ हाउसमा राखेर मानसिक र शारिरिक सुधारमा सेफ हाउसमा राखेर सहयोग पुर्याएको आवर संसार र न्यायिक प्रकृयामा निरन्तर सहयोग गरिरहेको इन्सेक लगायतका संस्था सहित सम्पुर्णलाई धन्यवाद समेत दिईन ।
उनले राहत र नागरिकता पहिलो खुडकिलो भएको बताउदै आफ्नो जिवन वर्वाद गर्नेले कानु अनुसारको सजाय पाएपछिमात्र आफुले पुर्ण न्याय पाउने बताईन ।




