
शिरीष न्युज,डेक्स । तराई मधेशको विभिन्न जिल्लामा डकैती गरेको आरोपमा धनुषाका एक युवकलाई प्रहरीले आज पक्राउ गरेको छ ।गत वर्ष चैत्त ३० गते साँझ प्रदेश २ को सिरहा जिल्ला लहानस्थित एक सुनचाँदी व्यापारीको घरमा डकैती गरेको मुद्दाको अनुसन्धान गर्दै जाँदा उनीमाथि विभिन्न जिल्लामा मुद्दा रहेको बताइएको छ ।सिरहाको लहान नगरपालिका वडा नम्बर ७ स्थित सुनचाँदी व्यवसायी राजेश सारडाको घरमा हतियारधारी डाँकाको समुह प्रवेश गरी उनका बुवा भगिरथ सारडा र उनको परिवारका सदस्यको कञ्चटमा पेस्तोल तेर्स्याएर सुनचाँदी लुटपाट गरेको आरोपमा पक्राउ गरिएको हो ।
धनुषाको विदेह नगरपालिका वडा नम्बर ४ ठाढी झिझा बस्ने बर्ष ४० को चन्दन पासवानलाई धनुषा प्रहरीले पक्राउ गरेको हो । सो डकैती काण्डमा फरार रहेका डाँकाहरू मध्ये पासवानलाई खोज तलाश गर्ने क्रममा मँगलबार साँझ ५ बजेको समयमा उनकै गाउँबाट पक्राउ गरिएको हो ।तालुक २ नं. प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको सादा पोशाकको र जिल्ला प्रहरी कार्यालय धनुषाको मातहत ईलाका प्रहरी कार्यालय खजुरी, प्रहरी चौकी ठाडिझिझा धनुषाबाट प्रहरी सहायक नीरिक्षको कमाण्डमा खटि गएको संयुक्त टोलीले आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको हो ।उनलाई आजै ईलाका प्रहरी कार्यालय लहान पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
साथै गत २०६७ साल साउन २९ गते रुपन्देही जिल्लाको चिल्हिया गाविस वडा नम्बर ६ स्थित फतेसिहं राणा र उत्तमकुमार क्षेष्ठको घरमा डकैति गरि फरार रहेकोमा पक्राउ परेका चन्दन पासवानमाथि जिल्ला प्रहरी कार्यालय रुपन्देही समेतमा डाँका मुद्दा दर्ता रहेको बताइएको छ ।पासवानमाथि जिल्ला महोतरी स्थित विभिन्न डकैतिका घटनामा समेत संलग्न रहेको हुँदा उनीमाथि जिल्ला प्रहरी कार्यालय महोतरी समेतमा डाँका मुद्दा दर्ता रहेको बताइएको छ । #न्युज ब्युरो