
प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत प्रसाद शाहले मगही भाषाको जगेर्ना र उत्थानका लागि सरकारको तर्फबाट आवश्यक भुमिका निर्वाह गर्ने प्रतिवद्धता जनाएका छन्।
आइतबार धनुषाको जनकपुरमा मगही फाउण्डेशनद्वारा आयोजित एक कार्यक्रममा मन्त्री शाहले मगही भाषालाई जोगाएर अघि बढ्न अपरिहार्य रहेको बताए।
‘मैथिली, भोजपुरी जस्तै मगही पनि महत्वपूर्ण मौलिक भाषा हो,’ मन्त्री शाहले भने, ‘यस्ता भाषाहरुको उत्थानका लागि सरकार सदैव सकरात्मक छ।’
मन्त्री शाहले फाउण्डेशनद्वारा प्रकाशित मगही दर्पण स्मारिका विमोचन समेत गरेका थिए। कार्यक्रममा फाउण्डेशनको तर्फबाट मन्त्री शाहले विभिन्न व्यक्तिहरुलाई सम्मानितसमेत गरेका थिए।