
केही कमजोर बनेको मनसुनी गतिविधि पुनः सक्रिय हुने भएको छ ।
बुधबार (भोलि) देखि बिस्तारै मनसुन न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक आउने र सो प्रणालीका कारण देशभरि मनसुन सकृय हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यसको प्रभावका कारण बिहीबारदेखि केही दिन धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसमविदले बताएका छन् ।
बिहीबार प्रदेश १, प्रदेश २, बागमती ,गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी र धेरै भारी वर्षाको सम्भावना रहेको छ ।
यस्तै शुक्रबार तथा शनिबार प्रदेश १, प्रदेश २, बागमती ,गण्डकी र लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी र धेरै भारी वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले विशेष मनसुन बुलेटिन जारी गरेर आग्रह गरेको हो ।