काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १४ का एक वडा सदस्य वसन्त महर्जन अख्तियारको फन्दामा परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सोमबार २ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको हो ।
स्टिङ अपरेसनको क्रममा कंलकी खसीबजारस्थित तन्दुरी रेष्टुरेन्टबाट घुससहित उनलाई नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ। महर्जनले जग्गाको मोहियानी हक नामसारी र नाता प्रमाणित गरी मोही प्रमाणपत्र र मालपोत कार्यालयलाई सिफारिस दिनका लागि सेवाग्राहीसँग घुस माग गरेको सूचनाका आधारमा उनलाई घुस लिएको रकमसहित कलंकीको खसीबजारबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।
उनीमाथि थप अनुसन्धान गर्न अख्तियारको कार्यालय टंगालमा लगिएको बताइएको छ।