
एजेन्सी। अफगानिस्तानमा एक पत्रकारसहित तीनजनाको गोली प्रहार गरी हत्या भएको छ ।
पूर्वी प्रान्त नान्गार्हारको जलालाबाद शहरमा आफ्ना आफन्तसँग घुमिरहेका पत्रकार सेयद मरोफ शादातको गोली प्रहार गरि हत्या भएको हो ।
अज्ञात समूहले पत्रकार शादातलाई लक्षित गरि गरिएको गोलि प्रहारबाट उनीसहित तीनजना मारिएको अधिकारीहरुले बताएका छन् ।
गोली प्रहारबाट शादातका छोरा र गाडीका चालक घाइते भएका छन्। स्वतन्त्र अफगान मिडिया समूह अफगान पत्रकार सुरक्षा समिति (एजेएससि) ले हत्याको निन्दा गरेको छ।
गोली प्रहारको जिम्मा अहिलेसम्म कुनै समूहले लिएको छैन । स्रोतका अनुसार तालिबान अधिकारीहरुले यस घटनाको अनुसन्धान गरिरहेका छन्।
अफगानिस्तानको राजाधानी काबुलको पूर्वमा १२० किलोमिटर टाढा रहेको जलालाबाद शहरमा इस्लामसँग सम्बद्ध आतंकवादीहरुले हमला गर्दै आएका छन्।