वर्दिवास- राष्ट्रिय कलाकारहरु बोलाएर आयोजना गरिएको दशै विशेष कार्यक्रममा दर्शकहरु नै उपस्थित नभएपछि आयोजक पक्षमा निराशा छाएको छ ।
नवमीका दिन राष्ट्रिय कलाकारहरु इण्दिरा जोशी, किरण भुजेल, सुनिल कटुवाल, पुष्कर सुनुवार लगायतका कलाकारहरु उपस्थित भएको उक्त कार्यक्रममा दर्शकहरु नै सहभागी नभएपछि आयोजक पक्षमा निराश भएका हुन् ।
साइमन प्रोडक्सन हाउसले कलाकारहरु बोलाएर गतिलो पैसा कमाउने योजना बनाएता पनि दर्शकहरु नै नआएपछि कार्यक्रम नै खल्लो बनेको थियो ।
सुपरहिट गीत गाएर नेपाली दर्शकहरुको गतिलो क्रेज बनेका कलाकारहरु इण्दिरा जोशी, सुनिल कटुवाल, किरण भुजेलले समेत दर्शकहरुको खासै आकर्षण बन्न नसकेपछि मन नै खिन्न बनाए ।
स्थानिय तथा वरपरका दर्शक बटुल्न आयोजक पक्षले टेम्पु भाडामा लिएर माइकिङ्ग गर्नेदेखि लिएर ब्यानर तथा पोष्टर बनाई हप्तादिन अगाडी देखी प्रचारप्रसार गरेतापनि आयोजक पक्षका लागी खासै फलदायी बन्न सकेन ।
नाम चलेका कलाकारहरु आउदापनि दर्शकहरुको अति नै न्यून उपस्थित देख्दा आयोजक संस्था तथा इभेन्ट डिरेक्टर साइमन थापामाथि नै अनेकौ प्रश्न उठाइएको छ ।
किरण भुजेल, सुनिल कटुवाल, पुष्कर सुनुवार बाहेक इण्दिरा जोशीलाइ मोटो रकम तिरेर बाक्लै दर्शकको घुइचो बनाउने आयोजक पक्षको योजना अन्तत: असफल बनेको छ ।
कलाकार परिचित भएर मात्र हुँदैन आयोजक पक्षको ब्यवस्थापन फितलो हुदा पनि कार्यक्रम सफल बन्न सक्दैन भन्ने यो दसैं विशेष कार्यक्रमले गतिलो सन्देश समेत दिएको छ ।




