जनकपुरधाम। अन्न भण्डार मानिने तराई मधेसका जिल्लामा विगत दुई देखि भएको अविरल बेमौसमी वर्षाले धान बाली खेतमा डुबाएको छ । किसानहरुले धान काटेर खेतमा सुकाए पनि थन्क्याउन पाएनन् ।
दसैं सकिए लगतै धान भित्र्याउन खेतमा पसेका किसान बेमौसमी वर्षाले समस्यामा परेका छन् । आइतबारदेखिको निरन्तर वर्षाले खेतमा बाला झुलेर काट्न तयार भएका धानका बोट लडेर पानीमा डुबेका छन् भने काटेर भित्र्याउन ठिक्क पारेको धान खेतमै डुबेको छ ।
समयमै मल, बीउ र सिँचाइको असुविधाका बीच पनि यस वर्ष नियमितजसो वर्षा भएकाले उत्पादन बढ्ने आसमा रहेका किसानलाई बीउ नै मासिने चिन्ता बढेको छ । बर्षामा डुबान र कटानको समस्या झेल्दै आएका किसानलाई बेमौसमी वर्षाले धान खेतीको लगानी समेत नउठ्ने चिन्ता थपेको छ ।
बेमौसमी वर्षाका कारण प्रदेश २ का सबैजसो जिल्लामा धान बालीमा क्षति पुगेको छ । धनुषा लगायत जिल्लाका धेरै किसानले खेतमा धान ढलेको छ । तर आइतबारदेखिको वर्षाले भित्र्याउन पाएनन् । ‘खेतमा धान पूरै पाकेको थियो,’ मिथिला नगरपालिका किसान शत्रुधन महतोले भने, ‘शनिबार र आइतबार काटेको पूरै धान पानीमा डुबेको छ ।’ पानीमा डुबेको धानबाट चामल राम्रो नहुने उनको गुनासो छ ।
नियमित वर्षाले यस वर्ष धान उत्पादन बढ्ने अनुमान गरिएका बेला आइतबारदेखिको वर्षाले धान बालीलाई क्षति पु¥याएको छ । ‘चार जना मजदुर राखेर आइतबार दिनभरि धान काटें,’ क्षीरेश्वरनाथ नगरपालिका–८ दिगम्बरपुरका किसान कुशेश्वर महतोले भने, ‘सोमबार पानीले डुबाएर आहाल बनाएको छ ।’ चार कट्ठामा लगाएको सावा मन्सुली धान डुबेर नष्ट भएको उनले बताए । काटेको धान खेतमै भिजेको छ ।
किसानहरूले धान काटेर सुकाउन खेतमा राखेका थिए । कतिपयले खेतमै काटेको धान थुपारेर कुन्यु बनाएका थिए । घर आँगनमा पनि काटेको धान थुपारेका थिए । खेत र आँगनमा थुपारेको धानसमेत भिजेको किसानहरु बताउँछन् । ‘खेतमा थुपारेको सबै धान भिज्यो,’ वटेश्वर गाउँपालिका ५ शान्तिपुरका किसान रामदेव यादवले भने, ‘खेत समेत पूरै डुबानमा परेको छ ।’ उनले एक बिघाको धान भिजेको बताए।
कृषि ज्ञान केन्द्र धनुषाको अनुसार धनुषामा कुल ७६ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये ६५ हजार ५ सय ४० हेक्टर जग्गामा धान खेती हुने गरेको छ।
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका वरिष्ठ कृषि अर्थ विज्ञ ललन कुमार सिंहले गत वर्ष धनुषामा प्रति हेक्टर ४ मेट्रिक टन धान उत्पादन भएको र यस वर्ष धान उत्पादन करिब १५ प्रतिशत बढ्ने आंकलन गरिएको बताए । तर अहिले धान काटेर भित्र्याउने बेलामा पानीले डुबाएको हुँदा क्षति पुग्ने अवस्था सृजना भएको बताए ।

त्यसैगरी महोत्तरीमा ३५ हजार ५ सय हेक्टरमा धान खेती हुने गर्दछ ।
धान बाली काटेर खेतमा राखे पछि अचानक परेको अबिरल वर्षाले महोत्तरीका किसान अन्नको संकट बढ्ने आशंकाले पिरोलिएका छन् । महोत्तरीको बलवा नगरपालिका–१० धमौराका किसान रामचन्द्र राय भन्छन्,‘यसपालि खेतीको सबै तालिका भताभुङ्ग भयो, समयमै धान रोपाइँ गर्न नपाइन पो हो कि भन्ने परिसक्यो ।’धान बाली प्रभावित भए राष्ट्रिय अर्थतन्त्रमा प्रभाव पार्ने
कृषि विभाग अनुसार धानको मुख्य पकेट क्षेत्र मानिने प्रदेश २ मा तीन लाख ६५ हजार ६१५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुन्छ । यस वर्ष असार ३१ गतेसम्म दुई लाख ५० हजार ५८२ हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ भएको छ । कृषि विभागका अनुसार प्रदेशअन्तरगतका ८ वटै जिल्ला धानका लागि पकेट क्षेत्र हो । जसमध्ये पनि धनुषा जिल्लामा सबैभन्दा धेरै ६५ हजार ५ सय ४० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुन्छ । सप्तरीमा ५१ हजार ३४१, सिराहामा ४८ हजार ५८० र सर्लाहीमा ४८ हजार २२९ हेक्टर जमिनमा धान खेती हुन्छ । यस्तै पर्सामा ४४ हजार १०७ हेक्टर, बारामा ४३२ हजार २०३ हेक्टर, रौतहटमा ३८ हजार ६१९ र महोत्तरीमा ३५ हजार ५ सय हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गर्छ । प्रदेश मन्त्रालयका कृषि अर्थ विज्ञ विप्लव कुमार गुप्ताले धेरै पानी जम्दा धेरै भूभाग प्रभावित रहेको छ । पहिले नै लगाएको कतिपय किसानको बाली पानीकै कारण ढलेको उनको भनाइ छ । प्रदेश २ का प्रमुख अन्न बालीको रुपमा रहेको धान बाली प्रभावित भए यसले राष्ट्रिय अर्थतन्त्रमा प्रभाव पार्ने विज्ञहरु बताउँछन् । प्रदेशभर गत वर्ष १२ लाख ४९ हजार ५४० मेट्रिकटन धान उत्पादन भएको बाली विकास अधिकृत मनिषकुमार पालले बताए । यस वर्ष केहि प्रतिशत बढ्ने विश्वास व्यक्त गरिएपनि वर्षाले क्षति पुर्याउने अवस्था देखिएको बताए ।