महोत्तरी। घटस्थापनदेखि नौ दिन नवरात्रसम्मका लागि प्रतिस्थापन गरिएका अस्थायी नवदुर्गा भवानीको मूर्ति पूजाआराधना गरि जलासयमा आज बिसर्जन कार्यक्रम गरिरहेको हो। महोत्तरी सहित मधेशी समुदायले विगत नौ दिनदेखि बिजया दशमीका दुर्गा भवानी पूजा गर्दै आएका थिए। घटस्थापनाको दिन विधिवत पूजाआजा गरी स्थापना गरिएको दुर्गा भगवतीको मूर्ति नवमीको दिन हवन यज्ञमा पूर्णाहुति दिई दशमी देखि बिसर्जन गर्ने गरिन्छ।
तेस्तै, महोत्तरीको गौशालामा लाग्ने प्रसिद्ध मेला दुर्गाको प्रतिमालाई बजार क्षेत्रको परिक्रमा गराई हरेक वर्षझैं आज नजिकै नगरकै वार्ड नं.४ मा पर्ने धार्मिक एवम् बहुचर्चित मलहनियापोखरीको जलाश्यमा विसर्जन गरी विजया दशमीको बिहानी पख अर्थात आज एकादशी सकिएको छ। मैथिली परम्परा अनुसार:दुर्गा भवानी नौ दिन नैहरमा र अन्तिम दिन अर्थात् दशमीमा ससुरामा बिदा भईन।
गौशालामा दुर्गाको प्रतिमा विसर्जन भएपछि,महोत्तरीका सबै ठाँउको पनि दुर्गाको प्रतिमा विसर्जन गरिएको छ। यस क्षेत्रमा स्थापना भएका मूर्ति नजिकै रहेको मलहनिया पोखरी घाटमा विसर्जन गरिएको छ। दुर्गा भवानीका साथै गणेश, लक्ष्मी, सरस्वती,काली, शिवजी लगायत कैयौं देवी देवताहरूको मूर्तिको झाँकी निकालेर बाजागाजाका साथ नाचगान गर्दै बिर्सजन भएकोे छ। नौदुर्गा भवानीको नवरात्र भरी पूजाआजा गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ रहेकोले तराई क्षेत्रमा दशै अर्थात दशहरामा बिशेष गरि ९ दिनसम्म ब्रत बसी दुर्गा आराधना गरि मनाउने गरिन्छ।
९ दिन सम्म दुर्गा भवानीको बिभिन्न ९ रुपको पूजा गर्ने, कथा वाचन तथा श्रवण गर्ने लगायतका कार्यक्रम गरि नवमीमा हवन गरे पछि व्रत तोड्ने गरिन्छ। दशौ दिन मूर्ति बिर्सजनको अवसरमा यस्तो नजारा कतै हेर्न पनि पाईन्न जस्तो लाग्छ, भसाउन हेर्नको लागि परोसी देश भारतको बिहारसम्मको मान्छेहरु आईपुग्छन,यहाँ यो दिन जमेर,मलहनीया पोखरीको चारै डिलमा जनसागर छाएको पाएको छ।
दुर्गा मूर्ति बिसर्जनको समय हुन सक्ने हुलदंगालाई नियन्त्रण गर्न गौशाला इलाका प्रहरी र रामनगर शरस्त्र प्रहरीले मूर्ति बिसर्जनमा सुरक्षा ब्यवस्था कडा पारेको थियो।
https://www.facebook.com/104607344773010/videos/613330339696715






