
टी-ट्वान्टी विश्वकप २०२१ को उपाधि अस्ट्रेलियाले उचालेको छ। फाइनलमा न्युजिल्यान्डलाई ८ विकेटले हराउँदै पहिलो पटक अस्ट्रेलियाले उपाधि जितेको हो ।
अस्ट्रेलियाले पहिलोपटक टी-ट्वान्टी विश्वकपको उपाधि जितेको हो। यसअघि एकपटक मात्र सन् २०१० मा फाइनलमा पुगेको अस्ट्रेलिया इङ्गल्याण्डसँग इङ्गल्याण्डसँग पराजित हुँदा उपाधिविहीन बन्न पुगेको थियो।
टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले अस्ट्रेलियालाई १७३ रनको लक्ष्य दिएको थियो। दुवईमा भएको फाइनल खेलमा न्युजिल्यान्डले २० ओभरमा चार विकेट गुमाएर १७२ रन बनाएकोमा कप्तान केन विलियम्सनको आक्रामक ब्याटिङ गरेका थिए।

कप्तान विलियम्सनले ४८ बलमा तीन छक्का १० चौकासहित ८५ रन जोडेका थिए। न्युजिल्याण्डका लागि ओपनर डरेल मिचेल ११ रन बनाएर आउट भएपछि क्रिजमा आएका विलियम्सनले अर्का ओपनर मार्टिन गुप्टिलेसँग दोस्रो विकेटका लागि ४८ रनको साझेदारी गरेका थिए। गुप्टिले २८ रनमा पवेलियन फर्किए। त्यसपछि विलियम्सनले ग्लेन फिलिप्ससँग तेस्रो विकेटका लागि ३७ बलमा ६८ रनको साझेदारी गरे। फिलिफ्स १८ रन बनाएर आउट भए। त्यसलगत्तै कप्तान विलियन्सन पनि ८५ रन बनाएर आउट भएका थिए।
अब अर्को वर्ष सन् २०२२ मा अस्ट्रेलियामा टी-ट्वान्टी विश्वकप हुँदैछ।