
महोत्तरी- देशमा रहेका १६ ओटा शिक्षक संगठनहरु मध्ये मधेसबादी दल जसपा नेपालका भातृ संगठन संघिय शिक्षक फोरम परित्याग गरी दुई जना सकृय शिक्षक सदस्यहरु लोसपा नेपालका भातृ संगठन राष्ट्रिय शिक्षक मञ्चमा प्रवेश गरेका छ्न्।
श्री नेवालाल राष्ट्रीय अधारभुत बिद्यालयका शिक्षक तथा संघिय शिक्षक फोरमको तर्फबाट नेपाल शिक्षक महासंघ जिल्ला कार्य समितीका महिला उपाध्यक्ष सावित्री कुमारी यदाव र नेपाल शिक्षक महासंघ सोनमा गाउपालिका कार्य समिती का उपाध्यक्ष धर्मेन्द्र कुमार यादव संघिय शिक्षक फोरम परित्याग गरी राष्ट्रीय शिक्षक मञ्चमा प्रवेश गरेका छ्न।
ल च मु मा बी जलेश्वरमा आयोजित एक भेलामा राष्ट्रीय शिक्षक मञ्चका केन्द्रीय अध्यक्ष कुमोद कुमार सिहको हात बाट दुबै जना सदस्यता ग्रहन गरेका छ्न। सदस्यता ग्रहन पछी उपस्थित सबै जनाले अबिर लगाइ दुबै जनालाइ स्वागत गरी शुभकामना दिएका थिए।
भेलामा नेपाल शिक्षक महासंघको अगामी अधिबेषन सम्बान्धमा रननिती बनाउने र नेपाल राष्ट्रीय शिक्षकको बिस्तार सम्बन्धमा निर्णय हरु गरिएको थियो।
राष्ट्रीय शिक्षक मञ्चका महोत्तरी जिल्ला अध्यक्ष धिरेन्द्र कुमार झा को अध्यक्ष्तामा भएको बैठकमा प्रमुख अतिथी राष्ट्रीय शिक्षक मञ्चका केन्द्रीय अध्यक्ष कुमोद कुमार सिह, तथा अतिथीहरु लालबाबु यादव, इन्द्र कुमार चौधरी, राम एकवाल पुर्वे, उदिष्ट ठाकुर, अमरेन्द्र कुमार सिह, संजित झा, हरिनरायन झा लगायतका शिक्षकहरुको उपस्थिती रहेका थिए।