महोत्तरी- -औरही नगरपालिका स्थित विषहारामाई बचत तथा ऋण सहकारी संस्थाले आफ्नो सातौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ।
संस्थाले सातौं वार्षिक साधारणसभाको अवसरमा यस क्षेत्रका स्नातकोत्तर गरेका विद्यार्थीलाई सम्मान गर्नुका साथै उत्कृष्ट सदस्यहरुलाई पुरस्कार पनि वितरण गरेको थियो
राष्ट्रिय सहकारी महासङ्घका सञ्चालक सदस्य एवं जिल्ला सहकारी संध महोत्तरीका अध्यक्ष लक्ष्मण यादवको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा राष्ट्रिय सहकारी बैंक बर्दिबास शाखाका मनोज यादव, नेफ्स्कून जनकपुरका रम्भु पण्डितको उपस्थिति रहेको थियो ।
कार्यक्रममा लोसापा युवा नेता ज्ञानू झा, दरेस यादव ,राजापा नेता राजनारायण यादव, औरहि नपा वडा ८ का वडा अध्यक्ष नवल चौधरी , औरही नगरपालिकाका सहकारीका प्रतिनिधिहरु ,विद्यालयका प्रधानाध्यापकहरु ,राष्ट्रिय युवा समितिका अध्यक्ष सत्य नारायण यादव लगायतका उपस्थिती रहेको थियो ।
संस्थाका अध्यक्ष जितेन्द्र यादवको अध्यक्षतामा भएको सो कार्यक्रमको उदघोषण रामनारायण साहले गर्नुभएको थियो।