संघियता पछि स्थानिय,प्रदेश र संघिय निर्वाचन भएको पाँच वर्ष हुनै लागेको छ । सम्भवतः केहि दिनमै देशमा लोकतान्त्रिक प्रकृया अनुसार प्रत्येक पाच वर्षमा हुने चुनाव समेत घोषणा हुने नै छ । अहिले सोहि चुनावको पुर्व तयारीकै क्रममा केहि राजनितिक दलको महाधिवेशन सम्पन्न भई केहिको हुने प्रकृया चल्दै छ ।
उक्त प्रकृया अनुरुप वडा,नगर,प्रदेश,क्षेत्र र जिल्ला लगायतका सोहि पार्टीहरुको अधिवेशन हुने क्रममा छ । सोहि अधिवेशनहरु अहिले चर्चाको विषय समेत बनेका छन । प्रत्येक राजनितिक दलको आ आफ्नै वैचारिक सिद्धान्त तर एउटै पार्टी भित्र एउटै वैचारिक सिद्धान्तका बावजुद सोहि पार्टीका माथिल्लो देखि तल्लो तहसम्म फरक फरक नेता र ति नेताहरुका समर्थकले सृजना गरेको परिस्थितिले स्कुलिंग अनुसारको राजनिती हो कि भन्ने जिज्ञासा बढाएको छ । वैचारिक सिद्धान्त र पार्टी प्रतिको आस्था तथा नेताहरुको आफु नै पदमा आउनु पर्ने स्वार्थले स्कुलिंगमाथी प्रश्न उठेको देखिन्छ ।
हाल सम्पन्न नेकपा एमालेको महाधिवेशमा भारी मतले केपि शर्मा ओली विजय भएपनि उनी विवादित बने । उक्त पार्टीमा समेत महोत्तरी लगायत केहि जिल्लामा विवादका स्वरपनि सुनिए ।
यता राजावादी पार्टीको उपमा पाएको राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) को निर्वाचनमा हारपछि कमल थापाको अभिव्यक्ति समेत विवादित बनेको छ । वर्षौसम्म राजा कै गुणगान गरेका उनको अभिव्यक्तीले पुर्वराजा प्रति गरेको कटाक्ष अहिले चर्चाको विषय समेत बनेको छ ।
त्यस्तै नेकपा माओवादी कै महाधिवेशन सन्दर्भमा केन्द्रको विवाद मिडियामा त्यती धेरै नआएपनि जिल्लाहरुमा भने केहि स्थानमा कार्यकर्ता असन्तुष्ट देखिए । महोत्तरी मै पार्टीको महाधिवेशनको प्रकृया चल्दै गर्दा कुटाकुट र कुर्सी तोडफोडका घटनाहरु वाहिरिए । त्यसतै नेपाली काँग्रेस समेत यसबाट अछुतो रह्न सकेन ।
नेपाली काँग्रेसको विभिन्न तहको महाधिवेशन तयारी अन्तर्गतको प्रकृयामा देखिएका असन्तुष्टी,विवाद,झडप र अस्वस्थ्य प्रतिस्पर्धाले नेतृत्वकर्ताहरुले पार्टीको विचार,सिद्धान्त र मर्यादा तथा दायित्व आफ्नो कार्यकर्तालाई सिकाउन नसकेको देखिन्छ । लिडरले आफ्नो पार्टीलाई सर्वोपरी मानेर पार्टीभित्रका सवै नेता कार्यकर्तालाई आफु भन्दा ठुलो नेतालाई खुशी पार्ने वा ति नेताको स्वार्थपुर्तिमा नपरी पार्टीको लागि र उक्त पार्टीले देशको लागि गर्न सक्ने महत्वपुणर् योगदानलाई अगाडी राखेर गुट उपगुटको राजनितिमा नलाग्न स्कुलिंग गर्न सक्नु पर्थ्यो ।
यसै कारण महोत्तरीमा नेपाली काँग्रेसको वडा स्तरकै महाधिवेशन तयारीको प्रकृयाहरु विवादित हुदै गयो र अहिले क्षेत्र नं. ३ लाई यो अगावै कहिल्यै नभएको अनिणर्यको अवस्थामा पुर्याइदियो । शेर वहादुर देउवा, बिमलेन्द्र निधी, रामचन्द्र पौडेल लगायतका विभिन्न नेताहरुको गुट र उपगुटको भुमरीमा परेर महोत्तरीमा नेपाली काँग्रेसले चर्को हारको सामना गर्नु पर्ने देखिन्छ । पुरानो नेतृत्वहरुको पद लोलुपता र नयाँ अनुहारको पदमा आउन पाउनु पर्ने चाहनाले महोत्तरीको क्षेत्र नं. ३ विवादित भएको हो । दुई पक्ष वा गुट उपगुटको एक अर्का प्रतिको आरोप प्रत्यारोप,सार्वजनिक अभिव्यक्ति र आफै आफैमा भैररहेको कुटाकुटले काँग्रेसमै जनताले किन विश्वास गर्ने भन्ने समेत प्रश्न उठाईदिएको छ ।
आफैमा नेता पिच्छे फुट हुदा पार्टी ठुलो कि नेता ?,पार्टीको सिद्धान्त ठुलो कि नेताको स्वार्थ ? र आफैमा एक नभएकोले देश कसरी एक गरेर राख्ने ? लगायतका प्रश्नहरु सृजना गरेको छ । चुनाव आउनै लाग्दा एउटै पार्टीका नेताहरुको अपत्यारिलो द्वन्दले जनताले उक्त पार्टी वा स्थानिय तह देखि केन्द्रिय तहबाट आउदो निर्वाचनमा उम्मेदवार बन्नेहरुलाई मत कुन आधारमा दिने ? नेपाली काँग्रेसमात्र नभई लोसपा,जसपा,एमाले,माओवादी,राप्रपा वा अन्य पार्टीमा समय अनुसार केहि न केहि नेतृत्व पंक्तिकै कारण विवाद रहदै आएको हो । यसै विवादका कारण एउटै पार्टीका र एउटै सिद्धान्तका बावजुद पनि समय समयमा विवाद सृजना भई पार्टीहरु जोडिने र तोडिने क्रम चलेकै हो ।
साधारण भाषामा भन्नु पर्दा देश चलाउन राजनितिक दल चाहिने भएकोले प्रत्येक राजनितिक दलले आफ्नो सिद्धान्तको स्कुलिंग सहि तरिकाले गर्न सक्नु पर्दछ । सहि स्कुलिंगले नै विशेष क्षमताको नेतृत्वकर्ता निर्माण गर्न सक्ने र त्यसता राजनितिकर्मी देशको कुनै पनि पदमा आउदा उनले गर्ने कार्य व्यक्तिगत स्वार्थको लागि नभई देश र जनताको हितको लागि हुनेमा दुईमत छैन ।
आफु भित्रको विवाद व्यक्तिवादीमात्र हुदा वेश पार्टीमा गुटउपगुटवादी हुदा यसले पार्टी र राजनितिलाई हानी पुर्याउने निश्चित छ । वेलैमा सोचौ ।