सर्लाही - परीक्षाको मुखमा परीक्षा केन्द्र सारिएको भन्दै सर्लाहीमा विद्यार्थीहरु आन्दोलित भएका छन् ।
स्नातक चौथो वर्षको परीक्षाको मुखमा परीक्षा केन्द्र सारिएको भन्दै सर्लाही क्याम्पस मलङ्वाका विद्यार्थीले आन्दोलन गरेका छन्।
जिल्लाका सम्पूर्ण क्याम्पसको परीक्षा केन्द्र यथावत राखिए पनि सर्लाही क्याम्पसको परीक्षा मात्र सारिएको भन्दै विद्यार्थी आन्दोलित बनेका हुन्।
विद्यार्थीले परीक्षा केन्द्र सारेको विषयलाई लिएर बिहानैदेखि क्याम्पसअगाडि टायर बालेर प्रदर्शन गरिरहेका छन् भने यातायात अवरुद्ध गरेका छन्। विरोध गर्दै बजार परिक्रमा समेत गरेका छन्।
अनेरास्ववियुका सर्लाही क्याम्पस कमिटी अध्यक्ष धरबेन्द्र यादवले पहिला तोकिएको केन्द्र यथावत नगरिएसम्म आन्दोलन जारी नै राख्ने जानकारी दिए।