सिरहा- सिरहाको मिर्चैयामा फेला परेको वेवारिसे शवको अहिसम्म सनाखत हुन सकेको छैन् ।
सिरहाको मिर्चैया नगरपालिका वडा नं.०७ छघरे स्थित हरियो सामुदायिक वनको भालु खोलाको किनारमा फेला परेको शवको अझै शनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता एवमं प्रहरी नायव उपरिक्षक सुभाष बुढाथोकीले बताए ।
डिएसपी बुढाथोकीले बताए अनुसार रातो ज्याकेट, निलो बुट्टे रङको कुर्ती लगाएकी र रातो सुरुवाल लगाएकी अं.उचाई ५ फिट ३ ईन्च, अं. तौल ४५-५० कि.लो. भएकी, झट्ट हेर्दा तराई मुलकको देखिने, महिलाले लगाउने दुई वटै चप्पल रहेको र दाउरा बोक्ने बिरवा रहेको, लाम्चो अनुहार भएकी, गहुँ गोरो वर्ण भएकी, अं.३५-४० बर्षको जस्तो देखिने एकिन नामथर, वतन नखुलेको महिला व्यक्ति रहेको छ ।
अं.बर्ष ३५-४० जस्तो देखिने महिला व्यक्ति मृत अवस्थामा फेला परेको घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा घटना स्थल लाश जाँच प्रकृती मुचुल्का लगायतको कार्य सम्पन्न गरी मृ'त लाश पोष्टमार्टम एवं आफन्तहरु खोजतलाश एवं पहिचानको लागि रा.उ. स्मारक अस्पताल लहानको शव गृहमा सुरक्षित साथ राखीएको प्रहरी प्रबक्ता बुढाथोकीले बताए ।