महोत्तरी – महोत्तरी जिल्लाको औरही नगरपालिका–७ सोनामाई भोईलमा लाग्ने प्रसिद्ध सोनामाई मेलामा ठाकुर समुदायकाबासिन्दाहरूले आफ्नै हातको सीप र मेहनतले बनाएका घरायसी सामग्रीहरू बिक्री वितरण गर्दै आएका छन्।
परम्परा र सीपको सुन्दर संगम देखिने यस मेलामा सोनमा गाउँपालिका–१ का कक्षा ३ मा अध्ययनरत प्रिन्स ठाकुर बुबासँगै सामग्री बेच्दै किताब पढिरहेको देखिन्छ।यति कम उमेरमै परिवारको व्यवसायमा साथ दिँदै पढाइलाई निरन्तरता दिने प्रिन्स ठाकुर साँच्चै प्रेरणादायी उदाहरण बनेका छन्।




#फोटो : धर्वेन्द्र कुमार यादव”यदुवंशी”,शिरीष न्युज,औरही/महोत्तरी




