महोत्तरी- पुस्तौ देखि लालपूर्जा विहिन भएर बसिरहेका वर्दिवासका भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गाको लालपुर्जा पाउने भएका छन् ।
वर्दिवास नगरपालिकाका मेयर विदुर कार्कीले लालपूर्जा वितरणको अन्तिम तयारीमा रहेकाे बताए । उनले लगत संकलनदेखि लालपुर्जाको नक्सा समेत तयार भएकाले अब पुर्जा वितरण हुने बताए ।
मेयर कार्कीले भने, ‘डिजिटल प्रविधिबाट नक्सांकन समेत सम्पन्न भइसकेको छ । नगरपालिकाले २४ पुसमा भूमि आयोगसँग पुनः सम्झौता गरी लागत संकलन तथा नाप जाँच समबन्धी कार्यविधि स्वीकृत गराएपछि लापुर्जा वितरण अन्तिम चरणमा प्रवेश गरेको छ ।’
अघिल्लो आयोगले गरेका कामको स्वामित्व पछिल्लो आयोगले लिएपछि भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई लालपुर्जा पाउने बाटो खुलेको हो । लालपूर्जा वितरण भएपछि नगरभित्रका झण्डै १८ सय घरधुरी आफ्नै जग्गाको मालिक बन्नेछन् ।





