जनकपुरधाम : सप्तरीका एक युवकले आफ्नै भाउजू पेट्रोल छर्केर ज्युदो जलाई हत्या गरेका छन् ।
सप्तरीको बोदेबर्साइन नगरपालिका १ धनगढी निवासी परमेश्वर साहले भाउजू राजकुमारी साहको शरीरमा पेट्रोल छर्केर आगो लगाएकाको राजकुमारीको श्रीमान रविनको आरोप छ । राजकुमारीको उपचारको क्रममा मृत्यु भएको हो ।
२१ माघ बिहान घरमा रोटी पकाइरहेको अवस्थामा २० वर्षीय परमेश्वरले २७ वर्षीया राजकुमारीको शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए । राजकुमारीको शरीरको विभिन्न भाग जलेपछि विराटनगरमा उपचार भइरहेको थियो । उनको उपचारकै क्रममा शनिबार राति मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिएका छन् । प्रवक्ता काफ्लेले मृतकको श्रीमानको जाहेरीका आधारमा आगजनी गर्ने देवरको खोजी भइरहेको जानकारी दिए ।




