महोत्तरी : दाङको तुलसीपुर उपमहानगरपालिका–५ ‘ङ’ लाइनस्थित जुत्ता–चप्पल गोदाममा आगो लाग्दा ५ जनाको ज्यान गएको छ ।
इरम फुटवेयर चप्पल गोदाम रहेको चारतले घरमा बिहीबार राति आलगागी भएको प्रहरीले जनाएको छ ।
जसमा जलेर पाँचजनाको मृत्यु भएको ५ जनाको मृत्यु भएको हो।
आगलागीमा ५ जनाको मृत्यु भएको बुझिएपनि उनीहरुको परिचय खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी मुकुन्दप्रसाद रिजालले बताए ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालकाअनुसार विद्युत्को मिटर पड्किँदा राति २ बजेदेखि आगलागी भएको हो।
आगो नियन्त्रण गर्न इलाका प्रहरी कार्यालय तुलसीपुुर, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय तथा घोराही उपमहानगरपालिकाको दमकल खटिएका थिए।
आगो नियन्त्रण गर्न झन्डै ५ घण्टा लागेको प्रहरीले जनाएको छ।